कोरोाना संक्रमण पुष्टी भएको एक घण्टा पछि नै विराटनगरमा एक पुरुषको मृत्यु

कोरोाना संक्रमण पुष्टी भएको एक घण्टा पछि नै विराटनगरमा एक पुरुषको मृत्यु

  • शुक्रबार, साउन ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

साउन ३० विराटनगर । कोरोना संक्रमण पुष्टी भएको एक घण्टा पछि नै गएराति कोशी अस्पताल बिराटनगरमा एक पुरुषको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत उनको राति ८ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए । उनलाई उपचारका लागि मंगलबार उपचारका लागि विराटनगर ल्याइएको थियो । कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेर परीक्षणका लागि स्वाब संकलन गरिएको भए पनि रिपोर्ट साँझ ७ बजेमात्रै आएको थियो।

कोरोना रिपोर्ट पोजिटिभ आएको एक घण्टापछि नै उनको मृत्यु भएको डा. दासले बताए। उनकाअनुसार मृतक पुरुषमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो।

अवस्था गम्भीर बन्दै गएपछि ती पुरुषलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन खोजिएको थियो। तर धरानले संक्रमितले भरिएका कारण बेड खाली नभएको जनाएपछि कोशीमै राखेर उपचारलाई निरन्तरता दिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ