अर्को सुचना नआएसमम सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकसेवा स्थगित

अर्को सुचना नआएसमम सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकसेवा स्थगित

  • बिहिबार, साउन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

सिन्धुपाल्चोक , २९ साउन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अर्को सुचना नआए सम्म कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ । कोरोना भाइरसको जोखिमलाइ मध्यनजर गर्दै कार्यालयबाट प्रदान गरीने सेवा स्थगन गरेको स्रोतले जनाएको छ ।
शुक्रबार बाट लागु हुने गरी अर्को सुचना नआएसम्मका लागी कार्यालयबाट प्रदान गरीने सेवा स्थगन भएको हो ।
आज सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी गरिएको सूचनामा नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ता एवं पत्रपत्रिका दर्ता वा नवीकरण, राहदानी वितरण, नाबालक परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा हाल स्थगन गरिएको उल्लेख छ ।
तर शान्ति सुरक्षासम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्य भने यथावत् नै सञ्चालन हुने भएको सूचनामा उल्लेख गरीएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी