साउन २९ कालीकोट । सरकारी प्रतिवन्ध र माहामारीको चुनौतीका बीच पनि विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले कालिकोटमा जनश्रम र भेटघाट अभियान सञ्चालन गरीरहेको जनाएको छ ।
यसैक्रममा कालिकोट साबिकको मेहेलमुडी गाबिस मा गाउकमिटीको बैठक तथा प्रशिक्षण सम्पन्न गरेको सो पार्टीले जनाएको छ । गाउपालिका ईन्चार्ज दान ब बोहोराको अध्यक्षता र जिल्ला ईन्चार्ज बिराटको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी रणदिप, एरिया ईन्चार्ज किरण , जिल्ला कमिटी सदस्य विषम लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै ईन्चार्ज बिराटले प्रचण्डले समाप्त पार्न खोजेको क्रान्ती लाई विप्लवको नेतृत्वमा नेकपा ले बचाउदै बिकास गरिरहेको र अबको लडाई सुधारबादी अबसरबादी र दलाल प्रबृती संग भएको ले सचेत भएर प्रतिबद्दताका साथ लाग्न कार्यकर्ता लाई निर्देशन दिए ।
जिल्ला सेक्रेटरी रणदिपले बर्तमान कम्युनिष्ट सरकार कोरोना र बाढीपहिरो को बिपत्ती ब्यबस्थापन गर्न पुरै असफल भएको धारणा राखे ।
यो अभियान जिल्ला का सबै एरियाहरुमा संचालन गर्ने नेकपा कालिकोट श्रोतले जनाएको छ ।