काठमाडौँ , २८ साउन ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत दुई चिकित्सक र चार स्वास्थ्यकर्मी गरी ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
इमर्जेन्सी वार्डमा कार्यरत दुई चिकित्सक र त्यही वार्डमा कार्यरत चार नर्सिङ स्टाफमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका फोकल पर्सन डा. सन्तकुमार दासले बताउनुभयो ।
लक्षण देखिएको चिकित्सकको त्यही उपचार भइरहेको र लक्षण नदेखिएकाहरु लाइ हाम आइसोलेसनमा राखिएको फोकल पर्सन डा. दासले जानकारी दिनुभयो ।
इमर्जेन्सीमा कार्यरत चिकित्सकमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि बुधबार साँझबाटै अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline