जिल्ला प्रहरी कार्यालय धादिङका एसपीमा कोरोना संक्रमण

जिल्ला प्रहरी कार्यालय धादिङका एसपीमा कोरोना संक्रमण

  • मङ्लबार, साउन २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 38.1K
    SHARES

धादिङ , २७ साउन । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एसपीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।

साउन २५ गते एसपीको स्वाब संकलन गरी परिक्षणका लागी पठाइएको र आज मंगलबार नतिजा पोजेटिभ आएको स्रोतले जनाएको छ ।

एसपी रेग्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालय सिल गर्ने र अन्य प्रहरीहरुको स्वाब संकलन गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

यसअघि स्याङ्जाका प्रहरी प्रमुख एसपी विमलराज कँडेललाई कोरोना भाइरस संक्रमण भएको थियो तर, अहिले एसपी कँडेल निको भइ आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।

पछिल्लो समय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण दर बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ