नेपालगञ्ज साउन २७ । सिडिओ भन्ने वित्तिकै प्लेकार्ड बोकेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेलाई रोक्न आदेश दिने, पक्राउ गर्न थुन्न आदेश दिने जस्ता अधिकार प्राप्त अधिकारी हुन् । धेरैलाई सरकारी हाकिमको शैली आराम कुर्सीमा बस्ने र आदेश दिने मात्रै गर्छन् भन्ने परेको हुन्छ ।
तर कोरोनाको कहर बढीरहेको बाँकेका सिडिओ बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ अहिले फरक तरीकाले मैदानमा देखिन्छन् ।
उनी आन्दोलनकारीले बोक्ने जस्तो प्लेकार्ड र मास्कको पोका बोकेर आफै सडकमा निस्किएका छन् । कारण जनतेजना जगाउने र बढ्दो कोरोना महामारी नियन्त्रणमा भूमिका खेल्न उनले गरेको यो कार्यको नेपालगञ्जमा प्रशंसा भईरहेको छ ।
एउटा हातमा सामाजिक दुरी कायम गर्न अपील गरिएको प्लेकार्ड र अर्को हातमा मास्क बोकेर हिड्ने तस्वीरमा देखिने तीनै सिडिओ कुरुम्बाङ हुन् ।

उनी बाटोमा भेटिने सर्वसाधारणलाई मास्क समेत वितरण गरेको देख्न सकिन्छ ।
बाकेमा कोरोना भाईरस बढीरहे पछि सिडिओ आफै अग्रपक्तिमा पुगेर खट्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यलय बाँके का एसपी सहितका सुरक्षाकर्मी, जनप्रतिनिधिहरु पनि यसरी खटेको देखिन्छ ।

यस्तै एपपी ओम ब्रिम राणा पनि सिडिओसगैँ खटेकोे देखिन्छ । कतिपय वृद्ध आमाहरुको मुखमा मास्क लगाउन सहयोग गर्दै हिडेको देखिन्छ ।
यो प्रयासले नेपालगञ्जमा कोरोना नियन्त्रणमा केही मद्धत पुग्ने र सबैले यो अभियानलाई साथ सहयोग दिनु पर्ने थर्ड एलाईन्सका अध्यक्ष आलम खान बताउछन् ।
यसैबीच बाँकेको भरी अस्पताल र नेपालगञ्ज नर्सिङ होमको शिल रहेको प्रसुति कक्ष आजबाट संचालनमा आएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

