पार्टीका विभिन्न विभागमा पदाधिकारी तथा सदस्यहरु मनोनयन

पार्टीका विभिन्न विभागमा पदाधिकारी तथा सदस्यहरु मनोनयन

  • सोमवार, साउन २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडाैं, २६ साउन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका विभिन्न विभागमा पदाधिकारी तथा सदस्यहरु मनोनयन गर्नुभएको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवाले गठन गरेका विभागहरुमध्ये शक्तिशाली विभाग संगठन विभागको प्रमुखमा नेता गोपालमान श्रेष्ठलाई मनोनयन गरिएको छ ।
संगठन विभागको सदस्यमा युवा नेता शंकर थापालाई मनोनयन गरिएको छ । युवा नेता शंकर थापा कांग्रेसमा विगत लामो समयदेखि सक्रिय भएर लागिपर्नुभएको छ ।
सभापति देउवाले कांग्रेसको बिधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय विभागहरुमा पदाधिकारी तथा सदस्यहरु मनोनयन गर्नुभएको हो ।
कांग्रेस सभापति देउवाले केन्द्रीय संगठन विभाग, संघीय मामिला तथा प्रदेश समन्वय विभाग, शिक्षा विभाग, यातायात व्यवसायी समन्वय विभाग, बन, वातावरण तथा विपद् व्यवस्थापन विभाग, स्थानीय तह समन्वय विभाग, निर्माण व्यवसायी विभाग, मुस्लिम विभाग, तराई मधेस समन्वय विभाग, बित्तिय तथा सहकारी संस्था समन्वय विभाग, निर्माण व्यवसायी समन्वय विभाग, तरुण विभाग र खेलकूद विभाग गठन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेसले तरुण विभाग र खेलकूद विभाग यसअघि नैं गठन गरेपनि दुई वटै विभागमा सदस्यहरु थप गरिएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ