काठमाडौँ , २६ साउन । काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ र २१ मा अत्यावश्यक बाहेकका अरु पसल तथा सेवाहरु बन्द हुने भएको छ ।
महानगरको त्रिपुरेश्वरदेखि टेकुसम्मको क्षेत्र वडा नम्वर १२ हो भने लगनटोल २१ मा पर्छ । ति वडाहरुमा कोरोना संक्रमित हुनेहरुको संख्या बढेसगैं अत्यावश्यक पसल मात्रै खोल्न भनी महानगरले सूचना जारी गरेको हो।
अत्यावश्यक सेवा मध्य पनि खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्र खोल्न भनी सुचना आएको थियो ।
त्यस्तै मदिरा पसल, तयारी पोशाक, जुत्ता पसल र कलकारखाना भने खोल्न नपाइने भएको छ ।
यसअघि काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोनाभाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline