भेरी अस्पातलमा गरिएको परिक्षणमा २० जनामा देखियो कोरोना

  भेरी अस्पातलमा गरिएको परिक्षणमा २० जनामा देखियो कोरोना

  • सोमवार, साउन २६, २०७७
  • सरद सागर देबकोटा

  • 6.8K
    SHARES

दाङ, साउन २६ । आज सोमबार बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा दाङका एक जनासहित २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा बाँकेका १५, कैलाली २, बर्दिया १, सल्यान १ र दाङ १ जना रहेको भेरी अस्पतालले जनाएको छ ।
दाङका ४० वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएपनि स्थायी ठेगाना भने खुलाइएको छैन । बाँकेमा वडा प्रहरी कार्यालयबाट र नेपालगन्ज मेडिकल कलेजबाट संकलित स्वाबमा दुई जना चिकित्सकसहित १५ जनामा कोरोना पुष्टि भएको छ । बाँकेमा समुदाय स्तरमा कोरोना संक्रमण तिब्र भएको देखिएको छ । स्थानी नागरिक, व्यापारी, प्रहरी, स्वास्थ्य कर्मीमा कोरोना देखिएको छ ।
समुदायमा कोरोना देखिएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने नेपालगन्ज उपमहानगरपालिकालाई सिल गरिएको छ । नेपालगन्जको विभिन्न क्षेत्रमा सेन परिचानल समेत गरिएको छ । छिमेकी जिल्लामा कोरोना समुदायमा देखिएको समयमा सरकारवालाले दाङमा पनि सचेत हुन अनुरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ