बाँके,२६ साउन । कोरोना संक्रमण समुदाय स्तरमा फैलिए पछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरे पनि डुडुवा गाउँपालिकामा कुनै प्रभाव देखिएको छैन ।
डुडुवाको बेतहनी र शाह पुर्वा स्वास्थ्य चौकिमा पनि अत्यधिक भिड रहेको पाइएको अधिकारकर्मी पुजा वैश्यले बताउनु भयो ।
शाहपुर्वा आधारभुत स्वास्थ्य संस्थामा एउटा कोठा मात्र छ तर त्यो कोठामा दर्जनौ व्यक्तिहरु बसेर कुराकानीमा समय बिताउने गरेको पाइएको थियो ।
कोरोनाको जोखिम र त्रास रहेका बेला स्वास्थ्य कर्मीहरुले स्वास्थ्य मापदण्ड प्रयोग नगर्नु नै सबैभन्दा दुर्भाग्य भएको अधिकारकर्मी वैश्यले बताउनु भयो ।
उहाँले नेपालगञ्ज मात्र होइन सरकारी कार्यालयहरुलाई पनि स्वास्थ्य मापदण्डमा ल्याउनमा लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी संग अपिल गर्नु भयो ।
यता शसहपर्वा स्वास्थ्य संस्थाका प्रमुख खडक बहादुर रोकाले औषधि लिनकाहरुको स्वास्थ्य परिक्षण गरि औषधि दिने गरेको बताउदै कोठा अभावका कारण एउदै कोठामा बस्ने गरेको बताउनु भयो।
शाहपुर्वा आधारभुत स्वास्थ्य संस्थामा ८ जना स्वास्थ्य कर्मी रहेको र एउटै कोठामा बस्ने गरेको कोराले बताए ।