कञ्चनपुरका युवा कृष्ण दमाई दलित समुदायबाट शास्त्री पास गर्ने पहिलो विद्यार्थी

कञ्चनपुरका युवा कृष्ण दमाई दलित समुदायबाट शास्त्री पास गर्ने पहिलो विद्यार्थी

  • सोमवार, साउन २६, २०७७
  • डम्मर राज भट्ट

  • 37.1K
    SHARES

कञ्चनपुर साउन २५ । कञ्चनपुरका युवा कृष्ण दमाई दलित समुदायबाट शास्त्री पास गर्ने पहिलो विद्यार्थी भएका छन । विभेद बिरुद्द अभियान  ‘संस्कृत शिक्षा ब्राह्मण जातीले मात्रै अध्ययन गरेर समाजमा कर्मकाण्ड र ज्योतीस बन्छन्’ भन्ने बाल्यकालमा सुन्ने गरेका कञ्चनपुरको भीमदत्तनगरपालिका–३ तिलकपुरका २८ बर्षीय कृष्ण दमाई संस्कृत विषयबाट आचार्य ९स्नाकोत्तर तह० को अध्ययन गर्दैछन् । २०६४ सालमा स्थानीय बैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका कृष्ण सामाजिक रुपमा दलित समुदायमाथि हुने विभेद चिर्न संस्कृत अध्ययनमा जुटेका हुन । यहाँको नेपाल संस्कृत विश्वविद्यालय शारदा विद्या पीठमा तीन महिने भाषा प्रशिक्षण पास गरेपछि ‘उत्तरमध्यमा’ ९प्रवीणताप्रमाणपत्र तह० अध्ययन सुरु गरेका दमाईले संस्कृतबारे चाख लागेर र उक्त विषयमा जातीय रुपमा विभेद रहे÷नरहेको थाहा पाउन संस्कृत अध्ययन थालेको बताउँनुहुन्छ ।

“एसएलसी सकेपछि मलाई नेपाली पढाउने शिक्षक ईश्वरदत्त भट्ट सरकै प्रेरणाले म संस्कृत पढ्न दैनिक पाँच किलोमिटर हिडेर शारदा विद्या पीठ आवत जावत गर्न थाले ।” विगत सम्झिदै दमाईले भन्नुभयो–“अध्ययनका लागि सरले नै सुरुवातमा मलाई रु ५ सय दिएर भर्ना गराउन सहयोग गर्नुभयो ।” संस्कृत अध्ययनमा आर्कषित गर्न सरकारले नै विद्यार्थीहरुका लागि छात्रवृद्धिदेखि आवास सुविधासम्म उपलब्ध गराइरहेको भएपनि त्यसप्रति आर्कषण घटिरहेको छ । हाल दाङ्ग बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा आचार्य गरिरहेका दमाईले शैक्षिक क्षेत्रमा दलित माथि विभेद नरहेपनि सामाजिक रुपमा भने कायम नै रहेको बताउनुभयो । “सुरुमा संस्कृत पढ्न सुरु गर्दा घरछिमेक र साथीभाईले नै दलितको छोरो अब के बाहुन बन्दैछस् भनेर हतोत्साहित पनि गरे ।” उहाँले भन्नुभयो–“२०६४ देखि ०७१ मा शास्त्री तहको अध्ययन सक्दा सम्म विद्या पीठमा मैले दलित समुदायको एक जना विद्यार्थी भेटाएन् ।” तीन बर्षे शास्त्री तह द्धितीय श्रेणीमा पास गरेका दमाई शारदा विद्या पिठमा दलित समुदायका एक्ला विद्यार्थी हुन । “उत्तरमध्यमा गर्दासम्म अध्ययन प्रोत्साहनका लागि विद्यापीठबाट मासिक रु एक हजार र शास्त्रीमा पुग्दा रु दुई हजार सरकारबाट पाउथ्यो ।” उहाँले भन्नुभयो–“आधुनिक र प्राविधीक शिक्षामा अहिले बढ्दो क्रेजले संस्कृत लोप हुदैछ ।” दाङ्गमा संस्कृत शिक्षा अन्र्तगत साहित्य विषयमा आचार्य गरिरहेका दमाई आफू सुुदूरपश्चिम प्रदेशमा दलित समुदायबाट संस्कृतबाट आचार्य गरिरहेको पहिलो विद्यार्थी भएको दाबी गर्नुहुन्छ । “चार कक्षामा पढ्दा दलित विद्यार्थीहरुले संस्कृत किताब नै छुन मिल्दैन भनेर सुन्थे ।” उहाँले भन्नुभयो–“संस्कृत अध्ययनका लागि जाँदा सुरुमा मनमा विभेद गर्छन की भन्ने डर थियो, तर गुरुहरुबाट धेरै हौसला पाइरहेँ ।” अध्ययनमा अब्बल रहेपनि गरिबीकै कारण उहाँले निकै कष्टपूर्ण समय गुजार्दै आउनुभएको छ ।
“दलितको आयस्तर बढाउनेदेखि विभेद अन्त्य गर्ने ठुल्ठुला नाराहरु लगाएपनि अहिले अध्ययनका लागि नियमित दाङ्गमा बस्नसक्ने अवस्थामा छैन ।” पिडा सुनाउँदै उहाँले भन्नुभयो–“दश दिन भीमदत्तनगरमा काम गरेर घरमा खाने बाटो गर्छु अनि दश दिन दाङ्ग अध्ययनका लागि बस्ने बाध्यतामा छु ।” संस्कृत अन्र्तगत ‘साहित्य’ मुल विषय रोजेर आचार्य गरिरहेका दमाईले भविष्यमा ‘कर्मकाण्ड’ र ‘ज्योतीस’ ऐच्छीक विषय बनाएर समेत अध्ययन गर्ने योजना सुनाउनुभयो । “संस्कृत क्षेत्रमा जागिर खुले दलित आरक्षण र एक्लो दाबेदार भएकाले पनि कहि अवसर पाउँछ की भन्ने आश जिवित नै छ ।” उहाँले भन्नुभयो–“लोप हुन लागेको संस्कृतलाई आधारभूत तहसम्म लैजान पहल गर्नुपर्छ ।” उहाँले दलित समुदायका विद्यार्थीहरुलाई संस्कृत अध्ययनमा आर्कषित गर्न अझै रोजगारीको ग्यारेन्टी हुने खालका प्याजेकहरु सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । “मुलुकको व्यवस्था फेरिएपनि संस्कृत विषयलाई संरक्षण गर्नुपर्ने खाँचो छ ।” उहाँले भन्नुभयो–“संस्कृत शिक्षा जोगाउन विषय गफ मात्रै बन्नु हुदैन ।” विद्यार्थी जीवनः समस्याका चाङ् चार दाजु÷भाइमा जेठा हुन कृष्ण । उहाँपछिका दुई भाई अध्ययन पुरा गर्न नपाउँदै परिवारको अवस्थाले भारतको मुम्बैमा मजदुरी गरिरहेका छन । “कान्छो भाई अनिश अहिले कक्षा ८ मा पढ्दैछन् ।
उहाँले भन्नुभयो–“घरमा बुढा बुवा मुटुको बिरामी हुनुहुन्छ, आमाले संसार छाडेको पाँच बर्ष भयो ।” क्यान्सर रोगबाट ग्रसित आमालाई बचाउन भीमदत्तनगरमा सहयोगका लागि निकै दौडधुप समेत गर्नुभएका दमाईले आफूसित घरबासका लागि एक कठ्ठा ऐलानी जग्गामा आश्रय लिइरहेको बताउनुभयो । “आमा बचाउन सहयोगका लागि धेरै हारगुहार गर्दा आमालाई एक बर्ष जति बचाउन सकेँ ।” उहाँले भन्नुभयो–“आमाकै उपचारमा समय खर्चिदा त्यो बेला अध्ययन प्रभावित बन्यो ।” उहाँका बुवार ६२ बर्षीय रनबहादुर दमाइ मुटू रोगी हुन भने चार दिदी÷बहिनी मध्ये तीन जना अहिले पनि अध्ययनमै छन । गाउँबाट अध्ययनका लागि यहाँ आउँदा स्थानीय जनक्रान्ति दैनिकमा पत्रिका वितरकको रुपमा तीन बर्ष काम गरेका दमाई अहिले पनि सोही दैनिकमा आवद्ध भएर बजार व्यवस्थाक हुनुहुन्छ । “दश बर्षअघि यहाँकै बोर्डिङ्ग स्कूलमा दुई बर्ष अध्यापन पनि गरे ।” उहाँले भन्नुभयो–“अहिलेसम्म परिवारको खर्च जोहो गर्न हम्मे हम्मे नै परिरहेको छ ।” उहाँले अध्ययनका लागि आर्थिक सहयोग गरिदिनहुन आग्रह समेत गर्नुभयो । आफूसित भएको ८ कठ्ठा जमिन स्थानीय खन्ने खोलाले बगाउँदा घरबास मात्रै बाँकी रहेको उहाँको दुखेसो छ । “दाङ्गमा अध्ययनका लागि छात्रवृद्धि र आवासको समस्या छैन ।” उहाँले भन्नुभयो–“अध्ययनमा हुँदा घरको गरिबीले पिरोली रहन्छ ।” २८ बर्षको इतिहासमा दलित समुदायबाट पहिलो ‘शास्त्री’ २०४८ मा सुदूरपश्चिम प्रदेशमा स्थापना भएको यहाँस्थित शारदा विद्यार्थी पिठ प्रदेशकै एक मात्र संस्कृति अध्यापन हुने पीठ हो ।

शारदा विद्या पिठका प्राचार्य भोजराज जोशीले दलित समुदायबाट शास्त्री स्नातक तह पास गर्ने कृष्ण दमाई पहिलो विद्यार्थी भएको बताउनु भयो । शारदा विद्या पिठका प्राचार्य भोजराज जोशीले दलित समुदायबाट शास्त्री ९स्नातक तह० पास गर्ने कृष्ण दमाई पहिलो विद्यार्थी भएको बताउनुभयो । “कृष्ण हाम्रो विद्यालयको विद्यार्थीमा पनि स्वाभलम्वी र प्रतिभावान विद्यार्थी हुन ।” पाचार्य जोशीले रासससित भन्नुभयो–“परिवारमा आर्थिक अवस्था दयनीय हुँदा पनि कृष्णले अध्ययन छाडेनन् ।” कृष्णले २०६४ सालमा विद्यालयको उत्तरमध्यमा तहमा धर्ना भएयता दलित सुमदायबाट अर्को विद्यार्थी नआएको जोशीको भनाई छ । “जनजातीबाट अहिले दुई जना विद्यार्थी अध्ययनरत छन् ।” उहाँले भन्नुभयो–“आचार्य गर्ने दलित समुदायमै सुदूरपश्चिमबाट कृष्ण एक्ला विद्यार्थी पनि हुन ।” हाल विद्या पीठमा शास्त्री तहमा ३० जना विद्यार्थी रहेको बताउँदै प्राचार्य जोशीले दलित र जनजाती समुदायका विद्यार्थीहरुलाई संस्कृत अध्ययनका लागि दोब्बर छात्रवृद्धि हुदा पनि विद्यार्थी आउने क्रम न्युन रहेको जानकारी दिनुभयो । “सामाजिक रुपमा जातीय रुपमा हुने विभेद अन्त्यका लागि धेरै पहल भएपनि अझै विभेद हटिसकेको देखिँदैन ।” जोशीले भन्नुभयो–“संस्कृत भित्रको रोजगारीका सम्भावनाहरु खोज्न कसैको ध्यान पुग्न सकेको छैन ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी