कञ्चनपुरमा पहिलो पटक शव बहान, महाकाली अस्पतालमा ५७ बर्षमा शव बोक्ने साधन ल्याईयो

कञ्चनपुरमा पहिलो पटक शव बहान, महाकाली अस्पतालमा ५७ बर्षमा शव बोक्ने साधन ल्याईयो

  • सोमवार, साउन २६, २०७७
  • डम्मर राज भट्ट

  • 14.4K
    SHARES

कञ्चनपुर, २६ साउन  । कञ्चनपुर जिल्लामै पहिलो पटक महाकाली अस्पतालले शव बहान ल्याएको छ । यस अघि जिल्लामा शव बहान नहुँदा शवलाई टेक्टर, ट्रक र टिप्पर मार्फत बोकिन्थो । तर, अहिले महाकाली अस्पतालले शव बहान ल्याएसंगै मृत मानिसलाई बोक्न सहज हुने भएको छ ।
गाँउ, नगरपालिका टेक्टर, ट्रक र टिप्पर मार्फत शव बोक्ने चलन थियो । महाकाली अस्पताल स्थापनाको ईतिहासमै पहिलो पटक शव बहान ल्याईएको हो । ‘५७ बर्षमा शव बहान ल्याउन सफल भएका छौँ, ‘महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘यसको संचालन प्रकृया बैठकबाट टुङ्गो लगाउँछौँ ।’
मानिस जन्मेदेखि, उसको विवाह लगायत शुभ कार्यका लागि जसरी साम्मानय जनक ढङगबाट सवारी साधनमा स्वागत तथा यात्रा गरिन्छ, त्यसरी नै मृत्य पश्चात पनि सम्मानय जनक रुपमा विदाई गर्न लैजान साधन नहुँदा अव्यवस्थित रुपमा घाटसम्म लैजानुपर्ने बाध्यता भएको अध्यक्ष जोशीको भनाई छ ।
‘कुनै मान्छे अस्पतालमा मृत्यु भएपछि उसलाई घर लैजान सवारी साधन सहजै मिल्दैन्थे, ‘अध्यक्ष जोशीले भने, ‘अब यो समस्याबाट महाकाली अस्पताल मुक्त हुन्छ ।’ अध्यक्ष जोशीले महाकाली अस्पतालले माग गरेपछि सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट शव बहान प्राप्त भएको बताए । महाकाली अस्पतालमा शव बहान आएसंगै मृतका परिवारलाई सवारी साधन जोह गर्न समस्या हुने छैन् ।

स्थानीयले समेत बषौँपछि महाकाली अस्पतालमा राम्रो काम भएको बताएका छन् । शव बहान नियमित संचालनमा जोडदिएका छन् । कोरोनाका बिरामी उपचार गरिरहेको महाकाली अस्पतालमा अहिले बैतडी र कञ्चनपुरका कोरोना संक्रमितको उपचार भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी