हवाई उडान र लामो दुरीका यातायात भदौ १५ बाट मात्र खुल्ने

हवाई उडान र लामो दुरीका यातायात भदौ १५ बाट मात्र खुल्ने

व्यवस्थीत आइसोलेसन र क्वारेन्टिन बनाउन स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रसंग समन्वय

  • आइतवार, साउन २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 26K
    SHARES

काठमाडौँ , २५ साउन ।

लामो दुरीको यातायात र हवाइ मार्गको सेवा भदौ १५ बाट मात्र खुल्ने भएको छ ।

भदौ १ बाट व्यावसायक रुपमा आन्तरीक तथा अन्तराष्ट्रिय उडान हुने भनिएको भए पनि अब भदौ १५ बाट मात्र सञ्चालनमा आउने भएको छ ।
आज बसेको कोभिड कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले भदौ १५ बाट मात्र आन्तरीक तथा अन्तराष्ट्रिय उडान बन्द गर्न प्रस्ताव राख्ने भएको छ ।पछिल्लो समय कोरोना संक्रमणको दर र मृत्युदर बढ्दै गएकोले हवाई उडान र लामो दुरीका यातायात सञ्चालन गर्ने मिति सार्ने प्रस्ताव पेस गर्न लागेको स्रोतले जनाएको छ ।

सिसिएमसीले उक्त प्रस्ताव भोली हुने मन्त्रिपरिषद बैठकमा पेस गर्नेछ र बैठकले प्रस्ताव पास गरेपछि मात्र कार्यान्वयन आउने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार कोरोना संक्रमण दर बढेको तर व्यवस्थीत आइसोलेसन र क्वारेन्टिन नभएको जिकीर गर्दै स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्नेभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ