महामारी बिरुद्ध साझा सङ्कल्प गरौँ

महामारी बिरुद्ध साझा सङ्कल्प गरौँ

  • आइतवार, साउन २५, २०७७
  • -भेषराज पोखरेल

  • 20K
    SHARES

अत्याउन खोजेको नबुझिदिनु होला। तर्साउन खोजेको पनि होइन। सत्य तितो हुन्छ, सुन्नलाई ठुलै हिम्मत चाहिन्छ। जसले जे जे भनेपनि कोरोना सजिलै जाने देखिएन। मेडिकल अनुसन्धानमा महारथ हासिल गरेका भनिएका सबै देशले हार खाइसके।

अमेरिका जस्तो देश एउटा सामान्य औषधिको लागि इन्डियासँग धम्कीपूर्ण याचना गर्न बाध्य भयो। चीनको अथक प्रयासलाई पनि पटक पटक दोहोरिएर कोरोनाले हेपेको हेपेकै छ ! नेपाल जस्तो निम्छरो देशको कुरै नगरौं। लाग्छ, एकपटक पुरै समुदाय सक्रमित हुने छ। कति मर्ने कति बाँच्ने भन्ने कुरा पनि अज्ञात नै देखिन्छ। जोगिने आफैं हो, जोगाउने पनि आफैंले नै हो। थुनिएर बस्दा जितिन्छ, स्वतन्त्रता रोजे सकिइन्छ भन्ने कुरा पनि भरपर्दो छैन। कहिलेसम्म थुनिएर बस्दा जित हुन्छ भन्ने कुरा पनि भन्नेहरूलाई नै थाहा छैन । अस्पताल सुनसान हुँदै छन्। बजार पनि ठप्प जस्तै देखिन थालेको छ। यस्तो बेलापनि राजनीति चाहिँ पुरै तातेको छ। जनता नै सिद्धिए भने भोलि भोट कोसँग माग्ने हो ?

हिजो राजतन्त्र फाल्दा सबै दल र समूहहरू एउटै मोर्चामा थिए। जनताको मुहारमा खुसी ल्याउन टाउकोमा कात्रो बेरेर निस्किएको भन्थे। के देश र जनताको लागि कोरोनाभन्दा राजतन्त्र घातक थियो र ? आज सिङ्गै देशलाई आतंकको तुवाँलोले छोपिसकेको छ। यो बेला सबै दल र समूहहरू एउटै धारमा, एउटै मोर्चामा, एउटै नीतिमा जोडिनुपर्छ। बाँचियो भने फेरि कांग्रेस, नेकपा, समाजवादी, हिन्दू, मुस्लिम, इसाई जे जे हुनुछ भएरै छोडौँला। एकाअर्कालाई सत्तोसराप पनि गरौंला। चुनावमा दुई तीहाइ पनि ल्याउँला। तर आज मानवता नै सङ्कटमा परेको छ। कति हजार, कति लाख जनता सोत्तर हुने हुन् ? अनुमान गर्न पनि डरलाग्दो देखिएको छ।

यस्तो आततायी अवस्था मानव इतिहासकै दारुण दृश्य बनिरहेको छ। कल्पना नै गर्न नसकिने जनधनको क्षति हुनलागेको विषम परिस्थितिमा आउनु होस् एउटा सङ्कल्प गरौं। म निश्चित समयका लागि वाद र सिद्धान्त छोडिदिन्छु। तपाईं पनि स्वार्थको दलदलबाट बाहिर निस्किनु होस्।

सारा देश भयक्रान्त भएको बेला तपाईं पनि मन्त्री-प्रधानमन्त्री नबन्नु होस्। म पनि पक्ष-प्रतिपक्ष र विद्रोही बन्दिन! एकपटक फेरि तपाईं र म मिलेर हामी बनौं। जनताको रोदनलाई अलिकति भए पनि कम गर्नुछ! आउनु होस् फेरि एकपटक हातेमालो गरौं। म पनि तपाईं जस्तै नेपाली बन्छु अनि तपाईं पनि म जस्तै नेपाली बन्नु होस्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी