कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना

कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना

  • शनिबार, साउन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

साउन २४ काठमाण्डौं । विश्व स्तनपान दिवसको उपलक्ष्यमा कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना गरेको छ । आज साउन २३ गते शुक्रवार कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सो कक्षको उद्घाटन गर्नु भएको हो ।

कीर्तिपुर नगरपालिकाको नयाँभवन अमल्सिमा स्थापना गरेको यस कक्षले सेवाग्राही महिलारूका साथै कर्मचारीहरूलाई समेत सहज रुपमा सुविधा उपलब्ध हुने नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले बताउनु भयो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरले उक्त कक्ष मापदण्ड अनुसार कै थप सुविधाहरू सहित आगामी दिनमा सहज रुपमा सञ्चालन गरिने जानकारी दिनुहुँदै कीर्तिपुर नगरपालिका अन्तरगत सञ्चालित स्वास्थ्य संस्थाहरूमा समेत स्तनपान सूचना कक्षको व्यवस्थापन गरिएको जानकारी गराउनुभयो ।

विश्व स्तनपान सप्ताह यस वर्ष २०७७ साउन १७ गते देखि २३ गते ९१–७ अगस्ट २०२०० सम्म विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ