प्राकृतिक नियम सङै बातावरण बोट बिरुवा ,चरा चुरुङि , जिब जन्तु सबैको एउटा समय आउछ ्र बाल अबस्था , युवा अबस्था , बृदा अबस्था । बाल अबस्था मा के के गर्ने , युवा अबस्था मा के के गर्ने र बृदा अबस्था मा के के गर्ने भन्ने बिषय सायद सबैलाइ थाहा छ र यो प्राकृतिक नियम पनि हो । यसलाइ भुल गरे हेलचेक्य्राइँ गरे दुर्घटना निम्त्याउछ यो पनि ध्रुव सत्य नै हो ।
। आजका युवाहरु हिजो बालापन मा थिए । आजका बृदाहरु हिजो युवा अबस्था मा थिए ्र युवा जोस जाँगर लाइ मुठी कस्दै देशका र जनताका खातिर निरङ्कुस शासन को बिरुद्द्धमा बुलन्द आवाज घन्कार्इरहेका थिए , जेलनेल भोगेका थिए ,त्यसैको प्रतिफल आज मन्त्री , प्रधानमन्त्री , बिभिन्न निकायमा नियुक्ति , मान सम्मान , जनप्रतिनिधि न्यायाधीश सब भए । यो एउटा रास्ट्र सन्चालन को लागि नियमित प्रक्रिया हो । अब को बिषय भनेको कति बर्श सम्म राजनितिमा सक्रिय रहने , काम गर्ने , खट्ने यो ज्वलन्त विषय हो । ्जनताका बिचमा कति समय सम्म कति बर्र्ष , कति पटक दोहोर्याएर भोटका लागि गैरहने हो । १० बर्ष,२० बर्ष ३० वर्ष कति ? यो विषयलाइ आजका राजनिति पार्टिहरुले बुझ्नु नितान्त आबस्यक छ । एउटै अनुहार एउटै स्थान बाट वा बिभिन्न स्थान बाट २० बर्ष सम्म , ३० बर्ष सम्म पदका लागि चुनाव लडिरहनु भएको अबस्था अहिले पनि छर्लङ्ग नै छ । के जनताले नँया अनुहार , नँया जोस भएका , बोकेका युवाहरु नखोजेका , नचाहेका होलान र ? अवस्य पनि चाहेका छ्न् र हुनु पर्ने पनि त्यहि हो । एउटा ब्यक्ति चुनावमा एउटा वा दुइटा कार्यकाल भन्दा बेशि लड्नु हुदैन । चुनाव मा हार जित हुन्छ नै , जिते पनि हारे पनि जनताको र देशको सेवा गर्न पर्छ ्र सधै भरि म नै हुनु पर्छ भन्ने छैन , म नै पदमा बसिरहनु पर्छ भन्ने छैन । एउटा समयको कालखन्डमा समयको माग अनुसार पार्टिको निर्णय अनुसार चुनाव लड्ने हो सेवा गर्ने हो । अहिले त कस्तो देखियो भने राजनिति गर्ने मान्छे ठुलो घरानाको , धन भएका , धन नभएका पनि धनि हुने , गाडी, ऐस आराम , शक्ति भन्सुन यस्तो देखिन थालेको छ्र तर यो पार्टिले गरेको , कार्यकर्ता ले बनाको र त्यो जनताको सेवा गर्ने अबसर दिएको भन्ने विषय चटक्कै बिर्सिरहेका छन् ।
एउटा चुनाव क्षोत्र मा एउटै ब्यक्ति ५ पट्क सम्म पनि चुनाव लडिरहनु भएको छ । यो बास्तबिकता , पार्टि सिद्दन्त , न्यायको सिद्धान्त अनुकुल छैन । त्यहा पार्टि लडेको हो ब्यक्ति होइन ्र यदि पार्टिको स्थानिय निकाए बलियो छ भने जो उठे पनि जित्नु पर्च , यदि ब्यक्ति नै हाबि हुने हो भने हामिले पार्टि सङठन कस्तो निर्माण गरेछौँ त ? एक पटक सबै पार्टिले सोच्च्न जरुरि छ । हिजोका दिनमा जे जस्तो भयो त्यो सकियो , गैसक्यो बितिसक्यो , अब त्यो विषयलाईखोतलेर बस्नु हुन्न । अब को दिनमा कसरि जाने , के के गर्ने , कुन कुन बिशयमा जनताका प्रत्यक्ष र अप्रत्यक्ष समस्याहरु , तल्कालिन र दिर्घकालिन समस्या हरु हल गर्न सकिन्छ त्यो बिषयमा सोच्नु जरुरि हुन्छ । पार्टिका विषयमा कुन पदमा कति पटक उमेदवार बन्ने , कति बर्ष सम्म लड्ने , कति बर्श सम्म पार्टिमा सकृय राजनिति गर्ने , कति बर्श भएपछि युवालाइ हस्तान्तरण गर्ने र आफु पार्टिको अबिभावक भएर बस्ने भन्ने बिशय स्पस्ट रुपमा पार्टिका बिधान हरुमा सचिएर लेखिनु अनिबार्य छ ।
आज एउटा मात्रै पार्टिमा होइन सबै पार्टिको हालत उस्तै छ ।
किन दिने युवालाइ नेतृत्व त ?
-एक अर्का प्रति सम्मान गर्नका लागि
-उ भन्दा म ठुलो भन्ने भावना को अन्तका लागि
-जिम्मेवारि बोध र जिम्मेवारि बहन गर्नका लागि
-नया नया सोच र योजना हरु खोजमवन गर्नका लागि
-देशमा भ्रष्टाचार अन्त्य गरि नँया कार्ययोजना हरु बनाउनका लागि
-पार्टिलाइ गतिशील र उर्जावन बनाउनका लागि
-पार्टिका तल्ला तहका कमिटि देखि माथिल्ला उच्च तह कमिटि , संरचना निर्माण गरि नियमित बैठक बसि पार्टिका योजनाहरु बनाउनका लागि
-गुट र उपगुट को अन्त्य गर्नका लागि , पार्टिमा त्यो मेरो मान्छे , त्यो मेरो गुट्को होइन भन्ने भावना को अन्त्यका लागि
-पार्टि कमिटिमा , आफ्ना नहेरि राम्रालाइ कामको जिम्मेवारि दिनका लागि
-कम्युनिस्ट पार्टि भन्ने तर मान र सम्मान खोजि हिड्ने बिषयको अन्त्यका लागि
-पार्टिले जनता सामु बोलेका बाचाहरु , घोशणा पत्र हरु नबिर्सनका लागि, कम्युनिस्ट पार्टि भन्ने तर भोग बिलास , एस आराम गर्ने बानि अन्त्य गर्नका लागि
-जति पटक को चुनाव आए पनि उहि पुरानै अनुहार हाबि हुने बिषय अन्त्यका लागि
-कम्तिमा १ पटक , बढिमा २ पटक भन्दा बेसि मन्त्री , प्रधानमन्त्री बनाउने परिपाटी बसाल्नका लागि
-सरकारी पदमा बसि , बाचुन्जेल पदको सेवा सुबिधा को दुरुपयोग अन्त्य गर्न का लागि
-सरकारी सेवामा रहेका र जनप्रतिनिधि भएकाहरु बाट राज्यको सम्पत्ति आफ्नै सपति सरह सम्झि दुरुपयोग भैरहेको रोक्नका लागि
-ठेक्का पट्टामा हुने अनिमियता को र ठिला सुस्तिको अन्त्यका लागि
-नियमित रुपमा जनता र पार्टि प्रतिको भवना लाइ अछुण राखि राख्नका लागि
-चुनाव मा असल र भुमिका निर्वाह गर्न सक्ने नेतृत्व चयन गर्नका लागि
-हाम्रो लाइ नियुक्ति नगरि असल र योग्य ब्यक्तिहारु सम्बन्धित निकाय मा नियुक्ति गर्नका लागि
-हत्या हिंशा र बलत्कार जस्ता जगन्य अपराधिलाइ मृत्यु द्न्ड को ब्यबस्था गर्नका लागि
-बेरोजगारी युवा युबति हरुलाइ सिपमुलक आयआर्जनका बिशयमा प्रसशक्षण दिइ स्वरोजगार बनाउनका लागि
-अकुत सम्पति कमाने तर राज्यलाइ कर छ्लि गर्ने ब्यक्तिका सम्पत्ति रास्ट्रीय करण गर्नका लागि
-जनता का बढि काम हुने सरकारि कार्यलयहरुमा जनता डेक्स को स्थापना गर्नका लागि
-देशलाइै आत्मानिर्भरतातिर डोर्याउन को लागि स्वदेश मै उत्पादन भै रास्ट्र लाइ पुग्न सक्ने कुनै पनि प्रकारका उत्पादन हरु स्वदेश मै बिक्री बितरण गर्न सहज बनाइ त्यस्ता उत्पादन बाहिरि मुलुक हरु बाट तत्कालै आयत बन्द गर्न का लागि
-नेपालि उधोग हरुलाइ संरक्षण गरि आत्मानिर्भरता तिर डोर्याउन का लागि
-स्वदेशि उधोग बाट उत्पादन भएका कुनै पनि उत्पादन हरु लाइ राज्यकै तर्फ बाट उपयोग गर्नै पर्ने बानि बसाल्नका लागि
-एक रुपियाँ कमाए पनि राज्यलाइ कर तिर्नु पर्छ भन्ने भावना जागृत गर्नका लागि
-राज्यका बिभिन्न तहमा , न्यायालयमा , पुलिस प्रसासन , शिक्षा , खेल्कुद जस्ता अन्य निकायहरुमा राजनिति नियुक्ति गर्ने परिपाटि अन्त्य गर्न का लागि हरेक कृसक ले उत्पादन गरेका उत्पादन हरुको खरिद बिक्री र मुल्य , उत्पादन लागत अनुसारकै प्रणाली मा सरकार को सहकारि स्थापना गरि सोहि मार्फत खरिद बिक्री गरि बिचौलिया को अन्त्यका लागि
-नेपाल मा उत्पान भएका र उत्पादन हुन सक्ने जटिबुटि हरुको खेति गरि प्र्शोधन गर्न का लागि
-आफ्नो पद भन्दा ठुलो नेपाल र नेपालि जनता हुन भनि न्यायो चित र भेदभाव पुर्ण काम गर्नका लागि
यसरि हरेक क्षेत्रमा स्थानमा आज बिकृति बिसंगतिले जरो गाडेको छ । त्यो जरोलाइ तलै देखि उखेलिफाल्न का लागि पनि युवा नेतृत्व कै खाचो छ । त्यसैले पनि अबको नेतृत्व युवा बर्गलाइ नै दिनु पर्छ र उमेर पुगेका कम्तिमा पनि ६५ र बढिमा ७० बर्श उमेर काटेका नेताहरुलाइ पार्टिको अभिभावक को रुपमा बसाउने परिपाटि को निर्माण गर्नुपर्छ ्र युवा हरुले कहि कतै उदन्ड मच्चाए, गर्न थाले भने अभिभावक ले त्यस्ता युवाहरुलाइ सजायको भागिदार बनाइ तुरुन्तै कार्बाहि गर्नु पर्छ्र र असल र राम्रो काम गर्ने युवाहरुलाइ पुरस्कृत र सम्मानित पनि गर्नु पर्छ । कम्तिमा पनि अबको १० बर्ष सम्म युवाले मुलुकको सत्ता बागडोर सम्हालि देशको सबै भताभुङग भएका प्वालहरु , खाडलहरु , बिकृति र बिसङगतिको अन्त्य गर्नु पर्दछ ्र पार्टि कसरि सन्चालन गर्ने , पार्टिलाइ कसरि चुस्त र दर्बिलो बनाउने , जनताप्रतिको उत्तरदायित्व कसरि निर्वाह गर्ने भने जस्ता बिष्यहरु पनि अब युवाले नै काम गरि देखाउनु पर्दछ । जनताका दुख र सुखमा साथ दिदै नेपालको प्रसासन असल छ र भ्रष्टाचार मुक्त नेपालको नाम लेखाउन सम्पुर्ण युवा बर्ग , राजनितिज्ञ युवाहरुलाइ हार्दिक अपिल गर्दै आ आफ्ना पार्टि पक्ति हरुमा युवाको नेतृत्व का लागि बिशेश लडार्इ लड्न हुन समेत हार्दिक अनुरोध छ । म विद्धान हुँ , म पार्टिको सर्बेसर्वा हु , म पार्टिको उच्च पदमा रहेको ब्यक्ति हु , र प्रधानमन्त्री भैसकेको , हाल भएको ब्यक्ति हु भन्ने अहम भावना पालेर पार्टिका गतिबिधिहरु , पार्टिका नेताहरु सँग रिस उठेका विषयहरु बिपक्षि नेताहरु सँग पोख्ने , पार्टिका आन्तरिक विषयहरु , अरु पार्टि हरु सँग ब्यक्त गर्ने , र पार्टिका नेताहरु बिच भएका असमझदारीहरु , चित नबुझेका बिषयहरु लाइ पत्रकार सम्मेलन मार्फत वा मिडिया हरुमा ब्यक्त गर्ने र रिस र आबेग मा एक अर्का प्रति गालि गाजयोल गर्दै सामाज्क सन्जाल हरुमा टुइट गर्ने दुबै गुट र उपगुट का नेताहरुको खराबि , लाचारी र गैर जिम्मेवारपन हो । पार्टी प्रतिको गोपनियता पनि २ दिन अड्याउन नसक्ने नेताहरुबाट के आशा गर्नु खोइ ? हामी सबैलाइ थाहा छ । सबै समस्या हरुका समाधान बार्ता र सहकार्य बाटै हुन्छ । अत समाधन का लागि बैठक स्थगित गरेर होइन सामना गरेर समाधान खोज्नुपर्छ । पार्टीमा पार्टी जुट्न बहुतै समय लाग्छ र एउटा पार्टी र अर्को पार्टी जुट्नु भनेको भवाना , कार्यदिशा , सिद्धान्त , बर्ग सबै मिल्नु पर्छ्र तर फुट्दा केहि पनि मिल्नु पर्दैन । एउटा सानो बिशय लाइ लिएर , पदकोको बाड्फाड नमिलेर पार्टिहरु फुट्ने गरेका छ्न् । त्यसैले पनि उच्च तहमा बिराजमान नेताहरुले अति नै सुज्बुझताका साथ निर्णय लिनु र निर्णय गर्नु बुद्दिमता हुन्छ । पार्टि बाट जो फुटेर जान्छ आज सम्म उस्को भलो भएको कहि कतै देखिएको छैन । यसैले पनि बिचार बिमर्श गर्नु जरुरि छ । तपाइ हरु ३र४ जना नेतका कारण ले लाखै्र लाख कार्यकर्ता हरुको भावना मा आघात नपरोस् दुई तिहाइ मत जाहेर गरेका मतदाताहरुको मन नकुडियोस र बिस्व कम्युनिस्ट आन्दोलनको एक अध्यायमा आच नाआओस । मान प्रतिस्ठा पद भोलि पनि आउछ तर पार्टि जिबन्त रहि रहनु पर्यो । नेताहरु नेताकै स्थानमा र सिर्स तहमा अडिरहन सक्नु पर्यो । आफ्नो लागि होइन रास्ट्र्का लागि सोच्च्नु पर्यो । आफ्ना लागि होइन रास्ट्र्का लागि बाच्च्नु पर्यो । अब सत्ता पार्टिका उच्च तह , सबै पार्टिका नेताहरुले आजै देखि छोड्नुस र आ आफ्ना जुझारु , इमान्दार युवा नेताहरुलाइ सत्ताको र पार्टिको बागडोर सुम्पनुस यसैमा देश को र पार्टिको भलाइ हुनेछ । आज देश लाइ युवा हरुकै खाचो छ । जनताको चहाना र आशा पनि युवा हरु प्रति नै छ । किनकि अहिले का पुराना नेताहरुको चाल चलन , ब्यबहार सत्ता , काम गराइ , बोलि चालि सब भोगि सकेका छन र फेरि पनि यिनै नेताहरुबाट जनताहरुले आशा गर्ने कुनै ठाउ नै छैन , कुनै बिशयनै छैन र कुनै त्यस्तो आशा लाग्दो क्षण पनि छैन ्र यसैले पनि अब युवा नजागि पार्टिको मुहार फेरिन्न , देश को मुहार फेरिन्न , र देशले सुसासन र सम्बृद्दि को कल्पना पनि गर्न सक्दैन । जाग युवा हो जाग , देशका लागि जाग , बिकाश र समृद्धिका लागि जाग, आजै जाग अहिले नै जाग । धन्यवाद