काठमाण्डौमा आज ६२ संक्रमित थपिए, हाँडीगाउ सिल

काठमाण्डौमा आज ६२ संक्रमित थपिए, हाँडीगाउ सिल

  • शनिबार, साउन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं साउन २४ । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको जनाए ।

काठमाडौंका ५६ जना, भक्तपुरका ३ जना ,, ललितपुरका ३ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यता काठमाण्डौ हाँडी गाँउमा ११ जनामा संक्रमण देखिए पछि सिल गरिएको छ ।
महानगरपालिकाको वडा नम्बर ५ मा पर्ने हाँडीगाउँको कोटाल टोल सिल गरिएको वडाध्यक्ष रमेश डंगोलले जानकारी दिए। एक साताअघि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्र सोही टोलका ३३ जनाको स्वाब संकलन गरिएको थियो।

३३ जनाको पीसीआर परीक्षण गर्दा थप ६ जनाको रिपोर्ट पोजिटिभ आएको अध्यक्ष डंगोलले जानकारी दिए। एउटै टोलका ११ जनामा संक्रमण पुष्टि भएपछि सिल गरिएको अध्यक्ष डंगोलको भनाइ छ।

अध्यक्ष डंगोलका अनुसार संक्रमित नेपाल प्रहरी, प्रहरीका परिवार र उनकै छरछिमेकी स्थानीय रहेका छन्। पहिलो पटक एक प्रहरीमा कोरोना पुष्टि भएपछि उनको परिवारकै अन्य चार सदस्यको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।

तत्कालका लागि उक्त क्षेत्र सिल गरेको र आइतबार सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि संलग्न कोभिड–१९ समिति बैठकले थप निर्णय गर्ने अध्यक्ष डंगोलले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ