वीरगंज साउन २४ । नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकबाट कोरोना निको भएर २ डाक्टरसहित ८ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस पोजेटिभ देखाएपछी बिगत ११ दिनदेखी उपचार्थ रहेका २ जना डाक्टर सहित ८ जना डिस्चार्ज भएका हुन ।
कोरोना निको भएर वीरगंजका २ डाक्टर, एक महिलासहित ८ जना डिस्चार्ज भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । गन्डक कोभिड अस्पतालमा रहेका कोरोना भाइरस सन्क्रमित डाक्टरहरू लगायत सबै किसिमका सन्क्रमितहरूमा आफ्नो त्यस्तै किसिमको रेखदेखका साथ साथै उपचार गर्ने गरेको डाक्टर सिंहले बताउनु भयो ।
डिस्चार्ज हुनेमा वीरगंज विर्ताका ४० बर्षिय डा. दिलिप चौरसिया, नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ४५ बर्षिय डा. आर. के. सिंह रहेका छन् ।
डाक्टर दिलिप चौरसियाका अनुसार आफुहरू बिगत ११ दिनदेखी उपचार गराइरहेको र हाल निको भएर घर फर्किन पाएकोमा खुसी भएको महसूस गरेको बताउनु भयो । विश्व ब्यापी फैलिएको कोरोना भाइरसको महामारीमा डाक्टरहरूलाइ ठूलो चुनौतीको रूपमा रहेको र त्यसबाट पछि नहटन बताउदै सावधानी पूर्वक आफ्नो कार्य गर्न आग्रह गरेका छन । उहाले आफू लगायत ८ जना दिस्चार्ज भएको र त्यसमा आफू निकै नै खुसी महसूस गरेको बताउनु भएको हो ।
यस्तै बाराको जितपुरका ३५ बर्षिय महिला, २० बर्षिय पुरूष, मोतिसरका २२ बर्षिय पुरूष, पर्साको बहुदरमाई नगरपालिका ७ निवासी ३३ बर्षिय पुरूष, वीरगंज ६ रेशमकोठी निवासी २३ बर्षिय पुरूष र वीरगंज ११ श्रीपुरका ३० बर्षिय पुरूष डिस्चार्ज भएको डा. सिंहले जानकारी गराए ।