हृदयको यात्रा

हृदयको यात्रा

  • शुक्रबार, साउन २३, २०७७
  • अमित संग्रौला

  • 11.9K
    SHARES

पलैटी कसेर
आँखा बन्द गरेर
भित्रभित्र
श्वास आइरहेको गइरहेको
अनुभव गरिरहेको छु
म यतिखेर शरीर भित्रको
मन देखि हृदय सम्मको
यात्रामा निस्केकोछु
म हुँ ध्यानी योगी
म एक परमात्माको भक्त
गहिरो गहिरो श्वास फेर्दै
एक एक श्वासलाई हेरिरहेको छु
मलाई थाहा छ
भित्र आउने श्वासले उर्जा दिन्छ
बाहिर जाने श्वासले विश्राम दिन्छ
प्रत्येक श्वासलाई हेर्न सक्छु
अनुभव गर्न सक्छु
मेरो मन बिस्तारै बिस्तारै
ध्यानस्थ हुँदै  छ
शरीर प्रसन्न मन शान्त भएको छ
विचारहरु पनि शुन्य छ
खाली भएको छ
वर्शै देखि दुषित भएको छ
मानिसको हृदय
मनमा विकारहरु जमेका छन
त्यसैले
हृदयलाई धुनु छ
ताजा बनाउनु छ
यो मेरो हृदय
मनको बाटो हुँदै
हृदयको यात्रामा निस्केको
सूक्ष्म जीव हो
म एक आत्मा ह
मलाई यस्तो लागिरहेको छ
न शरीर छ
न म को नै  हुँ
एकातिर पन्छाएर
म यतिखेर
मलाई महसुस भइरहेको छ
चेतना नै जीवन हो
चेतना नै शिव
चेतना नै आत्मा
ध्यानले जगाऊ
ध्यानले ल्याउँछ जीवनमा पूर्णता
ध्यान नै जीवनको आधारशिला
हृदयको यात्रामा पुगेर
समाधिस्थ हुनु छ
र जीवनमा गहिरो विश्राम
गर्नु छ ।

– बिर्तामोड झापा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी