काठमाडौं , २२ साउन । चुच्चेपाटीमा आफ्नै श्रिमानले श्रीमती र छोरीमाथि एसिड छ्यापेका छन् ।आपसी विवादका कारण एसिड छ्यापेको प्रहरीले मिर्मीरे लाइ बताएको छ ।
प्रहरीले बताए अनुसार हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको हो ।
अभियुक्तलाई नियन्त्रणमा लिइसकेको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
अर्को केटा मन पराएको भनी गत साउन ८ मा २२ वर्षीया युवतीमाथि सीतापाइलामा एसिड प्रहार भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline