धरानमा एकै परिवारका पाँच सहित १३ जना संक्रमित थपिए

धरानमा एकै परिवारका पाँच सहित १३ जना संक्रमित थपिए

  • बिहिबार, साउन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

साउन २२ धरान । सुनसरीको धरान उपमहानगरपालिकामा आज एकै परिवारका पाँच जना र एक जना तरकारी व्यापारी सहित १३ जना संक्रमित थपिएका छन् ।
धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमित १३ जना मध्ये ६ जना मात्र भारतबाट आएर क्वारेन्टाइनमा रहेका हुन् ।
अन्य घर, परिवारमा रहेका व्यक्तिहरुको रिपोर्ट पोजेटिभ आएकोले समुदायमा संक्रमण फैलिएको आशंका बढेको छ । वडा नं ३ मा एकै परिवारका ५ जनाका संक्रमण देखिएको छ । प्रिति भल्भ उद्योगको संक्रमित कामदारको कन्ट्याक ट्रेसिङको क्रममा यो परिवारको स्वाब परीक्षण गरिएको थियो ।

यो परिवारमा ८५ बर्षका वृद्धदेखि ७ बर्षका बालकमा पनि पोजेटिभ रिपोर्ट आएको छ । उनीहरुमा ८५ बर्षका पुरुष, ८० बर्षका महिला, ४० बर्षका पुरुष, ३६ बर्षकी महिला र ७ बर्षका बालक पनि छन् । यसैगरि, रिपोर्टमा धरान १८ उल्लेख भएको ४० बर्षका महिला पनि पोजेटिभ देखिएको छ तर, उनी वडा नं ११ को भएको मेहताले बताए । यस्तै, भारतबाट आएका ६ जना मध्ये ५ जना भारतीय आर्मी हुन् । उनीहरु सबै क्वारेन्टाइनमा नै थिए । धरानमा कुल संक्रमितको संख्या ४१ पुगेको छ । निरन्तर संक्रमितहरुको संखया बढ्दै गएपछि धरान उपमहानगरपालिकाले लकडाउन शुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ