एक चिकित्सक र ११ जना सेना सहित ४३ जना संक्रमित थपिए पर्सामा

एक चिकित्सक र ११ जना सेना सहित ४३ जना संक्रमित थपिए पर्सामा

  • बिहिबार, साउन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

साउन २२ काठमाण्डौं । कोरोनाको हब बनिरहेको बीरगञ्जमा थप ४३ जना संक्रमित आज थपिएका छन् । संक्रमित मध्य एक जना चिकित्सक र ११ जना नेपाली सेना रहेका छन् । यस्तै ईन्भेष्टमेन्ट बैंकका कर्मचारी पनि संक्रमित भएका छन् ।
बीरगञ्जमा जनप्रतिनिधि, सुरक्षाकर्मी, चिकित्सक एवं स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत सर्वसाधारण लगातार संक्रमित भईहरेका छन् ।
संक्रमित मध्य सात जनाले आफै पैसा तिरेर परीक्षण गराएका थिए । ती मध्य केहीमा ज्वरो सहित सामान्य लक्षण देखिएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।
पर्सामा हाल सम्म कोरोनाले १४ जनाको ज्यान लिईसकेको छ भने ५ सय ८२ जना संक्रमित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ