काठमाडौँ , २१ साउन । ललितपुरको बङ्गामुखीलाइ केन्द्रविन्दु बनाएर बुधबार दिउँसो लगभग साढेँ चार बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार ललितपुरको बङ्गामुखीलाइ केन्द्रविन्दु बनाइ ३।५ रेक्टरको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का उपत्यकाको विभिन्न स्थानमा महसुस गरिएको थियो ।
मंगलबार राती ११:४० बजे पनि २.७ म्याग्निच्युडको भुइँचालो गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्प मापन केन्द्रकी प्रमुख मोनिका झाका अनुसार भुकम्प सानो म्याग्नीच्युडको गए पनि केन्द्रविन्दु नजिकै भएकोले भुकम्पको धक्का महसुस भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline