दार्चुलाको तुसरपानी गाउँमा पहिरोको जोखिम

दार्चुलाको तुसरपानी गाउँमा पहिरोको जोखिम

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

दार्चुला, साउन २१ गते । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ३ तुसरपानीमा गाउँ माथिबाट पहिरो खस्दा २८ घर परिवार जोखिममा परेका छन् ।
घना बस्ती रहेको तुसरपानी बस्तीमाथिबाट पहिरो खसेकाले पुरै बस्ती जोखिममा परेको ब्यास गाउँपालिका वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह कुवरले जानकारी दिनुभयो । तुसरपानी गाउँका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको र उनीहरुलाई राहत देखि अन्य व्यवस्थापन कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
तुसरपानी क्षेत्रमा ब्यास गाउँपालिकाबाट प्रशासन तथा प्राविधिकहरुको टोली, प्रहरी चौकी सुन्सेराबाट प्रहरी टोली गई स्थलगत अबलोकन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताउनु भयो ।
जोखिममा परेका घरपरिवारलाई विद्यालय र गल्था टोलमा सारिएको स्थानिय बासिन्दा धिरेन्द्र सिह डडालले जानकारी दिनु भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ