अपडेट : कोरोनाका कारण मृत्यु भएको भनी आशंका गरिएको पुरुषको पिसीआर रिर्पाेट नेगेटिभ

अपडेट : कोरोनाका कारण मृत्यु भएको भनी आशंका गरिएको पुरुषको पिसीआर रिर्पाेट नेगेटिभ

  • मङ्लबार, साउन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

मङ्लबार, साउन २०, २०७७
मिर्मिरे अनलाइन
विराटनगर, २० साउन । कोरोना भाइरसको संक्रमण आशंका गरिएको उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको पिसीआर रिर्पाेट नेगेटिभ आएको छ ।
न्यौपानेको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको थियो । बेलकाबाट उपचारका लागि सोमबार राति विराटनगर पुर्याईएका न्यौपानेको मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। चुमनदाल दासले बताए ।

विराट पु¥याउँदा उनलाई १०४ डिग्री ज्वरो पनि थियो । त्यसपछि कोशी अस्पताल ल्याइएका उनको बिहान लगभग १ बजेतिर मृत्यु भएको डा।दासले बताए । न्यौपानेमा केही दिनअघि जण्डिसको समस्या देखिएको जानकारी परिवारका सदस्यले अस्पताललाई गराएका छन् ।

कोशीमा ल्याइएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गर्ने तयारी हुँदै गर्दा न्यौपानेको मृत्यु भएको उनले बताए । यसअघि जण्डिस देखिएको बताइए पनि पुरुषमा ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेका कारण कोरोनाको संक्रमण भएको हुन सक्ने आशंका गरिए पनी आज रिर्पोट नेगेटिभ आएको हो ।

यसअघि सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ