अख्तियार कार्यलयमा कार्यरत १५ जनामा कोरोना संक्रमण पुष्टि

अख्तियार कार्यलयमा कार्यरत १५ जनामा कोरोना संक्रमण पुष्टि

  • मङ्लबार, साउन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौँ, २० साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीहरुमा गरिएको कोरोना परीक्षणमा १५ जनामा कोरोना पुष्टि भएको छ ।

अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार स्वाब संकलन गरेको थियो । एक सय ८२ जनाको स्वाब संकलन गरेकोमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

अख्तियारमा कार्यरत १५ जनामा संक्रमण पुष्टि भएकोमा सुरक्षाकर्मीको संख्या धेरै रहेको महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेले बताउनुभयो ।

आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्नै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ