पर्सा कोरोना संक्रमणको हव बन्दै , दुई चिकित्सकसहित थप ३४ मा कोरोना पुष्टि

पर्सा कोरोना संक्रमणको हव बन्दै , दुई चिकित्सकसहित थप ३४ मा कोरोना पुष्टि

कन्ट्याक्ट ट्रेसिङको क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि 

  • मङ्लबार, साउन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौँ , २० साउन ।
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ जना संक्रमितमध्ये दुईजना चिकित्सक रहेको स्रोतले जनाएको छ ।

संक्रमित हुनेहरु १४ वर्ष देखि ५६ वर्ष उमेर समूहका रहेको अस्पतलका फिजिसियन डा।निरजकुमार सिंहले बताउनुभयो । सैनिक, पत्रकार र थुनुवाहरु पनि संक्रमित भएको डा सिंहले जनाउनुभयो ।

नेसनल मेडिकल कलेज र नारायणी वयोधा अस्पतालमा कार्यरत दुइ चिकित्सक मा कोरोना रहेको सोमबार पुष्टि भएको हो भने त्यहाँ अवस्थीत आर्मी ब्यारेकका थप ३ जना सेना जवानमा पनि कोरोना पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका २ का तीन जनामा समेत कोरोना देखिएको छ । अन्य १५ जना संक्रमित वीरगन्ज महानगरपालिका विभिन्न वडाका बासिन्दा हुन् ।

यसैगरी आफैले पैसा तिरेर स्वाब परीक्षण गराएका ९ जनामा पनि कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ