भारतबाट लागुऔषधसहित नेपाल प्रवेश गरेका एक युवक पक्राउ

भारतबाट लागुऔषधसहित नेपाल प्रवेश गरेका एक युवक पक्राउ

  • मङ्लबार, साउन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

दार्चुला , २० साउन । जिल्ला सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सोमबार सञ्चालनमा आएपछि दार्चुलाको महाकाली नगरपालिका–४ का ३५ वर्षीय राजेश निरौला पक्राउ परेका हुन् । उनलाइ जिल्ला प्रहरी कार्यलय दार्चुलाबाट खटिएका प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ ।

प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार पुल खुला भएको र नेपाल प्रवेश गर्नेहरुलाइ जाचँ गर्ने क्रममा लागुऔषध सहित राजेश निरौला पक्राउ परेका हुन् । निरौलाले भारतको धार्चुलाबाट लागुऔषध ल्याएको निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।
धार्चुलामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका एक नेपालीको दाहसंस्कारमा सहभागी हुनको लागी पुल सञ्चालनमा ल्याइएको थियो । पुल सञ्चालनमा आएसगैँ दुवै देशका स्थानीयवासीको पुलमा आवतजावत बढेको थियो ।
प्रहरीलद्वारा नेत्रविकम चन्द समूहका नेता विष्णुराज लेखक पक्राउ 
यही साउन ८ गते शैल्यशिखर नगरपालिका–९ का वडाध्यक्ष रामधनी विष्ट सवार मोटरसाइकल आगजनीमा संलग्न रहेको अभियोग उहाँमाथि लगाइएको छ ।
यसअघि प्रहरीले सो घटनामा संलग्न रहेको अभियोगमा शैल्यशिखर–२ रतौडा घर भएका चन्द समूहका जिल्ला कमिटी सदस्य प्रताप वड, चक्रमान विक तथा शैल्यशिखर–३ लुइटाका धनीराम लावडलाई पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ