दुई ट्राफिकलाई कोरोना देखिए पछि महाशाखाका ३ सय बढी ट्राफिक प्रहरी क्वारेन्टाईनमा

दुई ट्राफिकलाई कोरोना देखिए पछि महाशाखाका ३ सय बढी ट्राफिक प्रहरी क्वारेन्टाईनमा

  • आइतवार, साउन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं साउन १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखाका सबै सेवा बन्द भएका छन् । अहिले महाशाखामा कार्यरत ३ सय बढी ट्राफिक प्रहरीहरुलाई क्वारेन्टाईनमा राखिएको छ ।

महाशाखा प्रमुख एसएसपी भीम ढकालले दुई जना जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागि सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिए ।

महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्ने तयारी भएको छ ।

उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । लगातार सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ