चोरी गरेको भन्दै रोल्पामा कुटी कुटी एक युवाको हत्या, १४ जना प्रहरीको नियन्त्रणमा

चोरी गरेको भन्दै रोल्पामा कुटी कुटी एक युवाको हत्या, १४ जना प्रहरीको नियन्त्रणमा

  • आइतवार, साउन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

साउन १८ रोल्पा । चोरी गरेको भन्दै रोल्पामा स्थानीयले घेरा हालेर कुटी कुटी एक युवाको हत्या गरेका छन् ।
रुन्टीगढी गाउँपालिका ६​ डुब्रीङ सालडाँडाका २८ वर्षीय ईश्वर बस्नेतको शनिबार कुटपिटबाट मृत्यु भएको थियो ।

ईश्वरमाथि छिमेकी टेकबहादुर बुढाको घरमा लुटपाट गरेको भन्दै उनीमाथि आक्रमण गरिएको बताईएको छ ।

ईश्वरले शुक्रबार साँझ ७ बजे ५ हजार रुपैया र घडी लुटपाट गरेको खबर प्रहरीमा पनि पुगेको थियो । त्यो हल्ला गाँउभर फैलिए पछि गाँउले जम्मा भएर राति नै बस्नेतको घर घेरा हालेर आक्रमण शुरु गरेका थिए ।
आफूहरुले कुटेर गंभीर बनाए पछि उनीहरुले नै स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्न पुर्याए पनि दागं रिफर गरियो । तर शनिबार उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिट गरी ज्यान मार्ने घटनामा संलग्न १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ