ओली नेतृत्वको कम्युनिष्ट नामधारी कम्युनिस्ट सरकार । बर्ष प्रतिबन्ध एता,बिभिन्न्न बहानामा निर्दोष ४ ५ नजा होनहार युवा क्रान्तिकारी नेताकार्यकर्तालाई हत्या, यातना, जेल, झुट्टा मुद्धामा फसाउने काममा लागिरहेको छ ।
अहिले बिद्रोही नेकपाले आफ्नो प्रतिरोधलाई सीमित गरेको छ यसको अर्थ यो हैन कि हामी कमजोर छौँ । यो भनेको हाम्रो सदायसयता हो कि हामी देशमा फेरी द्धन्द चाहदैनौ । तर गृह प्रसासनका नाममा भईरहेका दमन र षड्यन्त्रले द्धन्दमा जान बाध्य पार्ने स्थिति आउन सक्छ ।
यो देशको कानुन नै यो दलाल राज्यको हातमा छ फरक राजनीति र बिरोध गरेकै कारण यहाँ जेल जानु पर्ने निर्दोष जनता जो महाअपराध गरेका ज्यानमारा रन्जन कोइराला,सुन तस्कर ,निर्मला पन्त हरु जस्ताको हत्यारालाई यो राज्यले फुलमाला ले स्वागत गर्दै धरौटीमा रिहाई गर्ने कुन कानुनमा छ यस्तो ?
यदी भोलि तिम्रो यो सत्ताको दुरुपयोग र नेकपामाथिको दमनको बिरुद्ध वास्तविक संघर्ष भयो भने के हुन्छ ? विद्रोहीलाई चरम दमन गरेर अन्त्य गर्ने उनिहरु आफ्नै आन्तरिक काममा निरन्तर अगाडि बडिरहेका छ्न ।यो सरकारले बारम्बार जिस्काई रहेको छ एस्को परिणाम ,,भयानक र ,,ज्वालामुखी हुने निश्चित छ । त्यो अवस्था आयो भने न यो राज्यले नियन्त्रण गर्न सक्छ न त यसको सम्पूर्ण जिम्मेवारी अहिलेको कथित दुई तिहाईको सरकार स्वयम हुने छ ।
देशमा सान्तिको चाहना सबैमा हुन्छ नै त्यो बिद्रोहि होश या नगरिक,,हामी सान्तिको खोजिमा छौँ तर बिडम्बना यो राज्य युद्धको खोजिमा छ । फेरि बन्दुकको जवाफ बोलिले दिने होइन बन्दुक नै आवस्यक पर्छ,त्यो हामी बाध्य हुने छौं । त्योदिनको खोजीमा छैनौ हामी । तर समय र प्रस्तिथिले बिस्तारै एउटा् मोडमा लिदैछ । जहाँ अनिबार्य बन्दुक बोक्न बाध्यता हुदैछ । २०५२ र फाल्गुन १ गते जनयुद्ध सुरुहुदा हामी विभिन्न पार्टीमा थियौ ,,समयले हामिलाई ,,बिस्तारै बिचार र भबनालाई परिबर्तन गर्न बाद्यय बनायो । जहाँ परिबर्तनको खातिर जनयुद्ध देसैभरी सुरु भयो हामी पनि निरन्तर यो बिचारलाई अगाल्न पुग्यौं ।
,,एस्को नेतृत्व तत्कालीन नेकपा अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डले गर्नु भयो,,उहाँकै नेतृत्वमा १० बर्ष जनयुद्ध शुरुभयो र एउटा् च्याप्टरमा सकियो । २०६३ मङ्सिरमा सान्ती सम्झौता सङै जनमुक्ति सेनाको हतियार सहित क्वान्टोमेनमा थन्काईयो । सम्पूर्ण जनमुक्ति सेनाका कामरेड हरुलाई बिचार बिहिन तरिकाले एउटा् सिमा भित्र राखियो त्यो बस्तुबादी थिएन आफैमा पनि,,प्रचण्ड बिस्तारै संसदबादी सोचमा गएको र पार्टीमा बारम्बार कुरा हुँदाहुँदै एक अर्को ढंगले पार्टीनै दुईलाईन संघर्षमा गएको तपाईं हामी सबैलाई प्रष्ट छ ।
तत्कालीन उपाध्यक्ष कामरेड किरणको नेतृत्वमा नेकपा माओवादी हुँदै २०७१ सम्पूर्ण युवाको मनमुटुमा बस्न सफल युवा नेता नेत्र बिक्रम चन्द कमरेड बिप्लवको नेतृत्वमा नयाँ पार्टी गठन गरि आफ्नो सम्पूर्ण राजनीति प्रस्ताव जनताको बिचमा लैजादै पार्टी अगाडि बड्यो । देसैभरी बिप्लव मय बन्दै जादा केहि सत्ताका नोकरहरुले पार्टीलाई कमजोर गराउन ,जनताबाट गिराउनकै लागी विभिन्न तरिकाले पार्टीलाई गलत प्रचार गरेपनी जनताको लोकप्रिय पार्टी बन्यो ।
यो देखेर हाम्रो राजनीति गतिविधि बन्द गर्न तत्कालीन डबल नेकपाको सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लागायो,,यही बीचमा हाम्रो झन्डै १३ १४ सय जना नेताकार्यकर्ता अहिले पनि जेलमा हुनु हुन्छ यो राज्यको जति निन्दा गरे पनि कम हुन्छ। यो प्रतिबन्धको बिचमा हाम्रो १४( १५ जना होनहार युवाले विभिन्न बहानामा राज्यले चरम यातना दिदै गरेको यो घटनाले हाम्रो सिङ्गो पार्टीलाई एउटा प्रस्तिथिको सिर्जना गरेको छ । मुक्तिको लागि हामिले जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौ ।