वीरगन्जको वयोधा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्जको वयोधा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

साउनयता वीरगन्जमा मात्र १२ जना संक्रमितको मृत्यु

  • शनिबार, साउन १७, २०७७
  • दिपक चौरसिया

  • 9.9K
    SHARES

वीरगन्ज , १७ साउन । वीरगन्जको वयोधा अस्पतालमा शनिबार ६८ वर्षीय महिलाको साँझपख मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा।निरजकुमार सिंहका अनुसार वीरगन्ज महानगरपालिका– १६ नगवा निवासी ६८ वर्षीय वृद्धाको शनिबार साँझ ६ बजे मृत्यु भएको हो ।

गत साउन १४ गते वयोधा अस्पतालमा भर्ना भएकी ती वृद्धामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।
वयोधा अस्पतालले शनिबार साँझ कोरोना अस्पतालमा रेफर गर्दा नै उनको मृत्यु भइसकेको स्रोतले जनाएको छ ।उपचारकै क्रममा कोरोनाको लक्षण देखिएकोले सावन १५ गते उनको स्वाब संकलन गरि नारायणी अस्पतालको ल्याबमा परीक्षण गर्दा सावन १६ गते महिलामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारको लागि नारायणी अस्थायी कोभिड़ अस्पतालमा रेफर गरिएकोमा कोरोना कोरोना अस्पताल पुग्दा महिलाको मृत्यु भई सकेको कोभिड़ अस्पतालका इन्चार्ज सिंहले जानकारी दिए । मृतक महिलाको शव दाहसंस्कारको लागि नेपाली सेनाको जिम्मा लगाउने कार्य भई रहेको बताइएको छ । बायोधा अस्पतालमा एकै दिन मृत्यु भएको यि महिला सहित बीरगंजमा १२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

शुक्रबार विहान सवाँ १० बजेतिर वयोधा अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज–१६ नगवाकै ५० वर्षीय महिलाको मृत्यु भएको थियो । ति महिलाको मृत्यु भएपछी मात्र शुक्रबार राति ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
‘निमोनिया उपचारका लागि बुधबार अस्पताल आएको ती महिलामा शुक्रबार बिहान स्वासप्रश्वासको समस्या देखिएको थियो, कोरोनाको आशंका लागेर स्वाब संकलन गरि परीक्षण गर्दा मृत्युपछि मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको ’ भनी नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा।निरज सिंहले जानकारी दिनुभयो ।
साउनयता वीरगन्जमा मात्र १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ