क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना ,केदारस्यूँ गाउँपालिकाकामा समुदायमा कोरोना फैलिने डर

क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना ,केदारस्यूँ गाउँपालिकाकामा समुदायमा कोरोना फैलिने डर

  • शनिबार, साउन १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

बझाङ, १७ साउन । क्वारेन्टाइनबाट घर पठाइएका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जना बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार २५ जना र शनिबार ४१ जना गरी जम्मा ६६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु केदारस्यूँ गाउँपालीकाको वडा नम्बर ६ र ७ का बासिन्दा भएको र उनीहरु सबै भारतबाट नेपाल फर्किएको गाउँपालिका स्रोतले जनाएको छ ।

संक्रमितहरु गाउँपालीकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा ८ देखि १२ दिन बसेको र थप केही दिन होम क्वारेन्टाइनमा बस्ने सतमा घर गएका हुन् ।
शनिबार बसेको केदारस्यूँ गाउँपालिकाको बैठकले कोरोना भाइर समुदाय स्तरमा नफैलियोस् भनेर गाउँपालीकाका वडा नम्बर ६ र ७ लाइ पुर्ण रुपमा सिल गर्ने र गाउँपालीकामा पुन लकडाउन जारी गर्ने निर्णय लिएको हो ।
आज बसेकै बैठकले वडा नं ६का मा संक्रमितलाइ भाट्सैनमा रहेका चन्द्रोदय माध्यमिक विद्यालय र वडा नं ७ का संक्रमितहरुलाई कैलाश भवानी माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।

सक्रंमितहरु समुदायमा घुलमिल भइसकेको स्थानीयले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ