“एउटा प्रश्न”

“एउटा प्रश्न”

  • शनिबार, साउन १७, २०७७
  • टि.पी शर्मा तिमिल्सिना

  • 13.9K
    SHARES

महान उद्देश्य,
गौरवपूर्ण इतिहास
यसवेला संकटको कठघरामा छ।
हिजोका कसमहरु,
प्रतिबद्धताको दस्तावेज
अहिले आफैले जलाइदैछ।
जोडनुपर्ने मनहरु तोडेर
जतिसुकै ताली बजाएपनि,
एकअर्काको खुट्टा तानेर
जतिसुकै गाली बर्साएपनी,
हामी अगाडि हिड्ने बहानामा पछाडि सर्दैछौं
आफ्नो घर सल्काएर आफैलाई बढार्दैछौं।

किन तोडिदैछ
जनताको आशा र विश्वास ?
किन भत्काइदैछ
आफैले हिडने बाटो ?
र, किन बदनाम गराइदैछ
आफैवीचको एकता?
एउटा गम्भीर प्रश्नले
म छताछुल्ल हुँदै गएको छु,
मनलाई बुझाउन नसकेर
रनभुल्लमा पर्दै गएको छु।

(कवि तिमल्सिना नमोबुद्ध नगरपालिकाका मेयर हुनुहुन्छ-सम्पादक)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी