विराटनगर, साउन १७ गते । मोरगंको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन गोठगाउँबाट आज बिहानै २५ जना डिस्चार्ज भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेशमणी पोखरेलका अनुसार डिस्चार्ज हुनेहरु सबैजना पुरुष हुन् ।
लक्षणबिहीन संक्रमित राखिदै आएको पीयू कोभिड आइसोलेशनमा भर्ना गरिएकाहरुको पछिल्लो पीसीआर परीक्षण नेगेटिभ देखिएपछि घर पठाइएको पोखरेलले बताए ।
डिस्चार्ज हुनेहरुमा धनकुटाका ३ जना, इलामका १ जना, ओखलढुंगाका ५ जना, झापाका दुईजना सशस्त्र प्रहरीसहित ७ जना, सुनसरी ३ जना, मोरङ ५ जना, सोलुखुम्बु १ जना रहेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको आईसोलेशनमा हालसम्म ४३५ जना संक्रमित भर्ना भईसकेका छन् । जसमध्ये ३४१ ज्ना डिस्चार्ज भएका छन् । यो आईसोलेशनमा अधिकांश सुरक्षार्मी सहित ८६ जना उपचारतः रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline