यस कारण नेपालमा बढ्दैछ कोरोनाबाट मृत्यु

यस कारण नेपालमा बढ्दैछ कोरोनाबाट मृत्यु

कोरोना रोकथाम लक्षित सुरक्षा नीतिहरु कडाईका साथ पालना गरौं !

  • शनिबार, साउन १७, २०७७
  • -डा. सन्तोष दुलाल

  • 34.1K
    SHARES

कोभिड-१९ एक रोग हो जसले विश्वमा हजारौंको मृत्यु गराएको तथ्य र प्रमाण हामीलाई अवगत नै छ ! कोरोनाले इटली, ब्रिटेन, स्पेन, अमेरिका, ब्राजिल, मेक्सिको, भारत, पाकिस्तान, बाङ्लादेशमा तान्डव मच्चाएको वा अहिले पनि मच्चाइरहेको हामीले  बिर्सनु  हुँदैन । नेपाल सरकारले २०७६ चैत्र ११ देखिको २०७७ साउन ६ सम्मको १२० दिन लामो लकडाउन अन्त्य गरे पनि कोरोना संक्रमण पुष्टि मृत्युका घटनाहरु द्रुत रूपमा बढ्दै वर्तमानमा ५६ पुगेको छ। लकडाउन अन्त्य पछि ९ देखी १६ साउनसम्म कोरोना संक्रमण पुष्टि मृत्युका घटनाहरु १ हप्ता मै १२ वटा बढेका छन भने विगत २ दिनमै ७ मृत्युका घटनाहरु पुष्टि भएका छन। जसलाई तलको लेखाचित्रले अझै प्रस्ट पारेको छ ।

 

कोरोना संक्रमण पुष्टि मृत्युका घटनाहरु प्रदेशहरुमा के कस्तो छ भनेर विश्लेषण गर्दा करिव एक तिहाई त प्रदेश २ वाट मात्र मृत्युका घटनाहरु पुष्टि भएका छन भने हाल बिरगंज हट स्पोट देखिएको छ जसमा कुल पुष्टि मृत्युका घटनाहरुको १८% घटेका छन । तेस्तै, क्रमस: प्रदेश ५ , वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि मृत्युका घटनाहरु उच्च रहेको देखिन्छ र विदेशी- २ भारतीय र १ चिनियाँ (जुन कुल मृत्युका घटनाको करिव ५%) को पनि ज्यान गएको छ (तलको लेखा चित्र हेर्नुहोस् थप  विवरणलाई) ।

 

कुल मृत्युका केसहरुमा औसत उमेर करिव ४९ बर्ष जति पायिएको छ, जहाँ ४९ दिन देखी ८५ बर्ष उमेर सम्मका घटनाहरु छन, जुन पुरुष (औसत उमेर करिव ५०  बर्ष) र महिलामा (औसत उमेर करिव ४२ बर्ष) केही भिन्नता भने छ तर पनि उल्लेखनीय भिन्नता भने छैन। कुल मृत्युका केसहरुमा, ५० बर्ष वा कम उमेर समूहका कोरोना सम्बन्धित मृत्युहुने ५४% प्रतिशत छ भने यो उमेर समुहमा भने कुल सन्क्रमितको लगभग ९५% सन्क्रमित छन। कुल मृत्युका केसहरुमा, महिला मृत्युका केसहरु केवल १८% मात्र छन भने पुरुष ८२% रहेको छ, जहाँ कोरोना सम्बन्धित मृत्युको चलन विश्वमा महिलामा २८% को आसपास भएको आंकडा देखाएको छ (तलको लेखा चित्र हेर्नुहोस् थप  विवरणलाई)।

नेपालमा सबै कोरोना संक्रमण पुष्टि मृत्युका घटनाहरुमा, कोरोनाको प्रमुख भूमिका छ वा छैन अथवा अरु कारकहरूको कस्तो भूमिका छ भनेर हालसम्म नेपालको कोरोना सम्बन्धित मृत्युको  तथ्याड़क र यस सँग सम्बन्धित पक्षहरुको सूक्ष्म अध्ययन र विश्लेषण गर्दा,

कुल मृत्युका केसहरुमा, करिव ७१ प्रतिशतमा दिर्घरोग (को-मोर्वीडिटिज) बाट ग्रसित भएको पाइयो, जसमा भने ५० बर्ष भन्दा बढी उमेर समूहका मृत्युहुने व्यक्तिहरूमा ९६% दिर्घरोग (को-मोर्वीडिटिज) पायिएको छ भने, ५० बर्ष वा कम उमेर समूहका कोरोना सम्बन्धित मृत्युहुने व्यक्तिहरूमा ५०% मा मात्र दिर्घरोग (को-मोर्वीडिटिज) पायिएको छ जस्को बिचमा उल्लेखनीय भिन्नता (लेवल अफ सिग्निफिकेन्स, पि < ०.००१, लेखा चित्र हेर्नुहोस् थप  विवरणलाई) पाइएको छ । कोरोना संक्रमण पुष्टि मृत्युका घटनाहरुमा मुख्य दिर्घरोग (को-मोर्वीडिटिज) समस्या हरुमा क्रमश: मृगौला, मुटु, मधुमेह सम्बन्धित जटिलताहरू, क्षयरोग, निमोनिया, भारतबाट धेरै दिनको कस्टकर यात्रा, थकान, भोकनिन्द्रा उल्लेखनीय भूमिका खेलेको देखिन्छ ।

नेपालमा लकडाउन खुले पनि, कोरोनाको जोखिम उच्च भएकोले हामीले अझै कोरोना संक्रमणको रोकथाम लक्षित सुरक्षा नीतिहरु कडाईका साथ पालना गर्नुपर्ने हुन्छ।

अतः वर्तमान परिस्थितिमा कोरोनालाई परास्त पार्न हामी स्वयंले पनि निम्न कुराहरुमा ध्यान दिऔँ र रोकथाम लक्षित सुरक्षा नीतिहरु कडाईका साथ पालना गरौं !

  • कोरोना हावाबाट पनि सर्न सक्ने विश्व स्वास्थ्य संगठनको कथनलाई आत्मसात गर्दै घर बाहिर निस्कँदा अथवा काममा अनिवार्य र उचित मास्कको प्रयोग गरौं!
  • घर बाहिर निस्कँदा, काममा अथवा कुराकानी गर्दा अनिवार्य १- २ मिटर भौतिक दूरी कायम गरौं!
  • भरसक भीडभाड ठाँउहरूमा जानबाट जोगिनुहोस्। अनुहार – नाक,  आँखा, र मुख नछुनुहोस्!
  • सेनिटाइजर साथमा लिएर हिंड्नुहोस् अनी कुनै वस्तु छोए पछी एस्को प्रयोग गरेर हात सफा गर्नुहोस्!
  • सार्वजनिक यातायातका साधनहरु (बस र ट्याक्सी) मा कोरोना रोकथाम नियन्त्रणका उपाय र रणनीतिहरूको कडाइका साथ कार्यान्वयन (जस्तै १-२ मिटर भौतिक दूरी कायम गर्ने, प्रवेश र बाहिर निस्कँदाको दूरी व्यवस्थापन, सिटको व्यवस्थापन, सबै यात्रुले र वाहन कर्मचारीले मास्कको अनिवार्य प्रयोग, ठाउँठाउँमा सेनिटाइजरको प्रयोग) !
  • निश्चित गर्नुहोस् कि तपाईंका वरपरका मानिसहरू राम्रा श्वासप्रश्वासको स्वच्छता अनुसरण गर्छन्। रुखाखोकी लागेका व्यक्तिबाट टाढा बस्नु होस् !
  • यदि तपाईंलाई ज्वरो, खोकी र सास फेर्न गाह्रो छ भने, तुरुन्त अस्पताल / क्लिनिक जानु होस् !
  • बहिरबाट हाल नेपाल आउनु भएको छ भने, २ हप्ता क्वारेन्टाइन अनुशरण गरेर, पिसिआर परीक्षण गराएर नकार्त्माक परिणाम आए पछी मात्र भेटघाट र बाहिर निस्कनु होस् !
  • एकदम महत्त्वपूर्ण, साबुन र पानीले आफ्ना हातहरू नियमित रूपमा र राम्ररी सफा गरौं !

( आनन्दवन अस्पतालमा अनुसन्धान वैज्ञानिक रहेका डा. दुलालले दक्षिण कोरियाबाट स्नातकोत्तर र अमेरिकाबाट विद्यावारिधि तथा पोस्ट डक्टरल फेलोसिप गरेका छन्। )

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी