नमोबुद्ध नगरपालिकाले गर्यो राष्ट्रिय युवा नवप्रवर्तन तथा इन्क्युबेशन केन्द्र स्थापना

नमोबुद्ध नगरपालिकाले गर्यो राष्ट्रिय युवा नवप्रवर्तन तथा इन्क्युबेशन केन्द्र स्थापना

  • शुक्रबार, साउन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काभ्रे, १६ साउन । काभ्रेको नमोबुद्ध नगरपालिकाले नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तरगत राष्ट्रिय युवा नवप्रवर्तन तथा इन्क्युबेशन केन्द्र स्थापना गरेको छ ।
शुक्रबार नगरपालिकाको सभा हलमा राष्ट्रिय युवा परीषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल तथा काठमाण्डौं विश्वविद्यालयका प्रतिनिधि सहितको उपस्थितिमा राष्ट्रिय युवा नवप्रवर्तन तथा इन्क्युबेशन केन्द्र स्थापना गरी संचालनका लागि सरोकारवालाहरु बिच अन्तरक्रिया भएको नगरपालिकाका प्रमुख टि.पी. शर्मा तिमिल्सिनाले जानकारी दिनुभयो ।

नगरपालिकाका नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालका अनुसार युवाहरुको नयाँ श्रृजना र खोजको उत्पादन तथा अनुसन्धानलाई प्रोत्सहान गरी उचित स्थान दिनुको साथै उत्पादित सामाग्रीलाई बजारीकरण र दक्ष जनशक्ति उत्पादन गरेर परिचालन गर्ने केन्द्रको उद्देश्य रहेको छ।

उक्त कार्यक्रमको लागि राष्ट्रिय युवा परीषद्ले आर्थिक सहयोग गर्ने, केन्द्र सञ्चालनको लागि नमोबुद्ध नगरपालिकाले समन्वय गर्ने र प्राविधिक सहयोग काठमाडौँ विश्वविद्यालयले गर्ने पनि उहाँले बताउनु भयो ।

प्रारम्भिक रुपमा सञ्चालन भइसकेको उक्त केन्द्रमा इच्छुक अरु विश्वविद्यालय र शिक्षण संस्थाले पनि प्राविधिक सहयोग गर्न सक्ने उपाध्यक्ष खनालको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ