काठमाडौँ , १६ साउन । नेपालमा पहिलो पटक ठुलो संख्यामा कोरोना स्याम्पलको पिसिआर विधीद्वारा परीक्षण गरीएको छ । सरकारले शुक्रबार अहिलेसम्मकै धेरै १० हजार ७ सय ६८ जनाको परीक्षण गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
सरकारले पछिल्लो समय कोरोना संक्रमण बढेकाले परिक्षणको दायरा बढाएको हो । ४ हजारमा सिमीत भएको परिक्षणको दायरा संक्रमण बढेसगैं परिक्षणको दायरा बढेको हो ।
सरकारले असार १५ बाटनै दैनिक १० हजारको दरले परिक्षण हुने भनेको बताए पनि उक्त संख्यामा परिक्षण हुन सकेन । विदेशबाट आउनेको संख्या कमी भएको र क्वारेन्टिनमा रहने व्यक्ति पनि कम रहेकाले परीक्षण संख्या घटेको भनी सरकारले बताउँदै आएको छ।
शुक्रबारसम्म देशभर ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ।
लकडाउन अन्त्य भएसँगै जोखिम बढेको भन्दै परीक्षण बढाउन विज्ञहरुले सरकारलाई सुझाउँदै आएका छन्।