काठमाडौं कोरोनाको नयाँ केन्द्र बन्ने खतरा, २४ घण्टामा थप ३८ जना संक्रमित

काठमाडौं कोरोनाको नयाँ केन्द्र बन्ने खतरा, २४ घण्टामा थप ३८ जना संक्रमित

  • शुक्रबार, साउन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

साउन १६ काठमाण्डौं । देशकै अत्याधिक जनघनत्व भएको काठमाण्डौं उपत्यकामा कोरोना संक्रमणले निरन्तर गति लिने क्रम जारी छ । यसले समुदाय स्तरमा संक्रमण फैलिएमा थप जोखिमको केन्द्र बन्न सक्ने चिन्ता बढेको छ । काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८ जना संक्रमित थपिएका छन् ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
काठमाडौंका ३२,ललितपुरका ५ र भक्तपुरका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हिजो पनि उपत्यकामा ४५ जनामा कोरोना देखिएको थियो ।
शुक्रबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ हजार ३ सय १६ पुगेको छ। जसमध्ये प्रदेश १ मा २ सय २२ जना, प्रदेश २ मा २ हजार ३४ जना , बागमती प्रदेशमा ५सय ७२ जना, गण्डकी प्रदेशमा ३ सय २४ जना, प्रदेश ५ मा ३सय ८५ जना, कर्णाली प्रदेशमा २ सय ९६ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ