प्रहरी जवानले राख्न दिएको एक किलो सुन जस्तो देखिने धातु नियन्त्रणमा

प्रहरी जवानले राख्न दिएको एक किलो सुन जस्तो देखिने धातु नियन्त्रणमा

  • शुक्रबार, साउन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

साउन १६ काठमाडौँ । प्रहरीले बागबजारमा एक जना प्रहरी जवानले राख्न दिएको भनिएको एक किलो सुन जस्तो देखिने धातु बरामद गरेको छ । उमेश श्रेष्ठको डेराबाट यो धातु बरामद गरेर उनलाई पनि नियन्त्रणमा लिएको छ ।

उमेशले आफ्ना साथी प्रहरी जवान प्रसन्न श्रेष्ठले यो धातु राख्न दिएको बयान दिएका छन् ।
मंगलबार कमलादीमा भेटिएको १५ किलो सुनजस्तै पहेंलो धातु प्रकरणमा गलत सूचना दिएको भन्दै दरबारमार्ग वृत्तका घुमुवा प्रसन्न प्रहरी नियन्त्रणमा छन् । यो सुन हो कि होइन भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यो १५ किलो धातु र दुई वटा पेस्तोल फ्याकेर भागेका तीन जना भारतीय नागरिलाई प्रहरीले नवलपरासीबाट नियन्त्रणमा लिईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ