प्रदेश १ बाट ८ जिल्लाका ४२ संक्रमित संक्रमण मुक्त भई घर फर्किए

प्रदेश १ बाट ८ जिल्लाका ४२ संक्रमित संक्रमण मुक्त भई घर फर्किए

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

मोरङ , १५ साउन । प्रदेश १ का विभिन्न कोरोना अस्पतालबाट ४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका छन् ।

कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४, कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट २ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज डिस्चार्ज हुनेहरु विभिन्न ८ जिल्लाका रहेको जनाइएको छ । उनीहरु मोरङका ११, झापाका ७, ओखलढुंगाका १०, इलामका ४, सोलुखुम्बुका ३, सुनसरीका ४, तेह्रथुमका २ र उदयपुरका १ जना रहेका स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

हालसम्म प्रदेश १ मा कोरोना मुक्त भई घर जानेको संख्या ७ सय ८९ जना पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ