पानी निकासाको उचित व्यवस्था नहुदाँ दर्जनौँ घर डुबानमा

पानी निकासाको उचित व्यवस्था नहुदाँ दर्जनौँ घर डुबानमा

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

कैलाली, १५ साउन । मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण धनगढी उप महानगरका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अविरल वर्षात् कै कारण दर्जनैँ बढी घर डुबानमा परेको छ ।

धनगढीको मालिका टोल, शिवनगर, कृष्णनगर, विशालनगर, मिलनचोक, उत्तरबेहडी, पुरानो भन्सार गाउँको दक्षिण पट्टीको बस्तीलगायत अन्य बस्तीका अधिकांश घर तथा पसलभित्र पानी पसेको स्रोतले जनाएको छ ।
स्थानीय पार्वतीदेवी भट्टले घरभित्र पानी पसेर बस्न समस्या भएपछि छिमेकीको घरमा राति बास बसेको भनी सुनाउनुभयो । “सडक र नाली पूरै भरिएर घर डुबानमा परेको छ”, भट्टले भन्नुभयो, “घरभित्र दुई फिटजति पानी जम्मा भएर खाद्यान्न, लुगाकपडा भिजेका छन् भने खाना पकाउन समस्या भएको छ ।” उहाँले भन्नुभयो, “गोठका पशुचौपायासमेत सडक छेउछाउमा डो¥याएर राखेका छौँ ।”

पानीे निकासा हुने गरेका खोल्सा, कुलेशा कुवाँ , कुलो लगायतका भू–भाग अतिक्रमण गरी घर , भवन , पूर्वाधार निर्माण जस्ता कार्य बढेसगैं पानीको निकासा रोकिएको र बस्ती डुबानमा पर्ने गरेको हो ।
पानी निकास हुने नालाको व्यवस्थापन नभई सडक कालोपत्र हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेको धनगढीको स्थानीयको गुनासो रहेको छ ।
स्थानीयहरुले बस्तीलाइ डुबानबाट जोगाउनको लागी राम्रो उपाए भनेको पानीको निकासामा राम्रो व्यवस्थापन हुनुपर्ने जनाएका छन् ।
यहाँ बजार आसपासका बस्ती मात्रै नभई मुख्य बजारका सडक पनि जलमग्न छ । एलेनचोक, रातोपुल, चटकपुर, शहीदगेट, प्रदेशसभा भवन अगाडी, पार्कमोडस्थल, विशालनगरलगायतका मूल सडकमै पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । स्थानीयवासीका धानबाली डुबानमा परी जलमग्न भई तलाउमा परिणत भएका छन् ।

त्यस्तै धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक रअर्काेतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको यहाँका अगुवाको भनाइ छ ।
बुधबारदेखिको लगातारको वर्षा नरोकिएपछि वडा नं २ र ३ का दक्षिणका बस्ती नजिकै रहेको मोहना नदीको सतह बढेर गाउँमा फर्कने यहाँका स्थानीयवासीको चिन्ता छ । उपमहानगरभित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुबानको समस्या वर्षेनी दोहोरिने गरेको छ ।
धनगढी क्षेत्रमा विशेषगरी कैलाली नाला र सुकुटी नाला सबैभन्दा बढी अतिक्रमणमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ