काठमाडौंमा १४ किलो सनचाँदीको झोला र हतियार फ्याकेर भागेका ३ जना भारतीय नागरिक पक्राउ

काठमाडौंमा १४ किलो सनचाँदीको झोला र हतियार फ्याकेर भागेका ३ जना भारतीय नागरिक पक्राउ

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

साउन १५ काठमाण्डौं । २ थान पेस्तोल, साढे १४ केजी चाँदी र ५ सय ग्राम सुनसहितको सडकमा फ्याँकेर भागेका ३ जना भारतीय नागरिकलाई नवलपरासी पूर्वबाट प्रहरीले पक्रन सफल भएको छ ।
महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पूर्वी नवलपरासीको दुम्कीबासबाट तीनै जनालाई  नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेको प्रहरी स्रोतले जनाएको छ । सखिया १२ दिनअघि नेपाल आएका थिए । अन्य दुई जना केही महिना पहिले नै काठमाडौं आएर गतिविधमा लागेको बताईएको छ ।

उनीहरुलाई काठमाडौं ल्याइएको छ । प्रहरी जाँचमा परेपछि मंगलबार बिहान कमलादीमा चाँदीको बिस्कुटमा जलप लगाइएको साढे १४ केजी र ५ सय ग्राम सक्कली सुन तथा २ थान पेस्तोल बाटैमा मिल्काएर उनीहरु भागेका थिए । त्यहीदिन उनीहरु काठमाडौंबाट भागेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ