कोशी अस्पतालको इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण , ओपीडी सेवा बन्द

कोशी अस्पतालको इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण , ओपीडी सेवा बन्द

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

विराटनगर , १५ साउन । कोशी अस्पतालको इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कोसी अस्पतालको ओपीडी सेवा बन्द भएको छ ।
अर्को सूचना नआएसम्म कोशी अस्पतालको आपीडी सेवा बन्द रहेको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
संक्रमितको सम्पर्कमा आएका १४ जनामध्य १२ जनालाइ नजिकको होटलमा निगरानीमा र २ जनालाइ होम क्वारेन्टाइनमा राखिएको सूचना अधिकारी बुढाथोकीले बताउनु भयो ।

अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीका अनुसार सामान्य अवस्थामा दैनिक एक हजार दुई सय देखि एक हजार चार सय सम्म बिरामी आउने गरेकामा कोरोना भाइरस आएपछि दैनिक छ सयको हाराहारीमा मात्र बिरामी आउने गरेको बताए ।
अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी करीब करिब ५ सय जना कार्यरत छन् ।

स्रोतका अनुसार ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द नरहेको जनाए।
पछिल्ला केही दिन देखी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना संक्रमणको दर बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ