साउन १४ धरान । कोरोना संक्रमणका कारण धरानमा आज थप एक जनाको मृत्यु भएको छ । मृतक ४५ बर्षका रहेको र उनी मोरङको सुनवर्षी नगरपालिका निवासी भएको छ । उनी केही दिन अघि बिपीमा भर्ना भएका थिए । बिपीमा यस अघि सप्तरी र महोत्तरीका संक्रमितको पनि मृत्यु भएको थियो ।
उनलाई जटिल समस्या देखिएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पतालबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।
सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीको भेन्टिलेटरमा राखिए पनि अपरान्ह ४ः४५ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
दशदिन भारत स्थित ससुरालीबाट घर फर्किएका उनी मंगलबार कोशी अस्पतालको फिबर क्लिनिकमा परीक्षणका लागि आएका थिए । ज्वरो तथा खोकीको समस्या देखिएपछि कोशीको आईसोलेशनमा भर्ना गरिएको थियो ।
आजै बीरगञ्जमा दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।