साउन १४ काठमाण्डौं । कोरोना नियन्त्रणमा सरकारले गरेको १० अर्ब खर्चको हिशाब माग्दै ईनफ ईज ईनफका नाममा आन्दोलन ५ अभियान्तालाई गृहमन्त्रालय भित्रैबाट पक्राउ गरिएको छ ।
गृह मन्त्रालयमा सूचनाको हकको निवदेन दिन पुगेका पुकार बम सहित पाँच जनालाई मन्त्रालय भित्रै बाट नियन्त्रणमा लिईएको हो ।
उनीहरु सूचना माग्न गृह पुगेको बताईएको छ । पक्राउ पर्नेमा बमका अलावा प्रमेश श्रेष्ठ, समुद्र केसी, सुदन श्रेष्ठसहित छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
बम लगायतले मंगलबार अर्थमन्त्री र अर्थसचिव विरुद्ध अख्तियारमा उजुरी दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline