साउन १३ काठमाडौं । लकडाउन खुलेर चहल पहल बढेसगैँ काठमाण्डौ उपत्यकामा कोरोनाको जोखिम उच्च हुदै गएको छ । अत्याधिक जनसंख्याको चाप रहेको काठमाण्डौ उपत्यकामा आज एकै दिन ५३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंका ४८ जना र ललितपुरका ४ जना र भक्तपुरका १ गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
केही दिन अघि मात्रै महाबौद्धमा एकै परिवारका ५ जना संक्रमित फेला परेका थिए ।
प्रहरीदेखि आम मानिस सम्म संक्रमणको चपेटामा आउने क्रम बढेको छ ।
जोखिम बढेसगैँ स्वास्थ्य मन्त्रालयले कार्यलयहरुमा निसंक्रमण, सुरक्षाका आवस्यक मापदण्ड अपनाउन, अनावस्यक काममा ननिस्कन, अपील गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline