साउन १३ काठमाण्डौं । नेपालमा आज ह्वात्तै संक्रमित बृद्धि भएका छन् । केही दिन यता देनिक २ सय भन्दा कम संक्रमित थपिएको अवस्थामा आज एकै पटक पुनः ३ सय नाघेको छ ।
देशभरका २७ वटा प्रयोगशालामा ५ हजार ३२ जनामा गरिएका पिसिआर परीक्षणमा ३ सय ११ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
लकडाउन खुलेर चहल पहल बढेसगैँ पुनः कोरोना संक्रमणको जोखिम बढेको देखिएको छ ।
यो सगैँ देशभर संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
अब बाँकी ५ हजार एक सय २९ जना सक्रिय संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ भने १३ हजार ८ सय ७५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोरोनाले अहिले सम्म ४९ जनाको मृत्यु भईसकेको छ ।
अब क्वारेन्टाईनमा १५ हजार ३ सय ३१ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline