साउन १३ काठमाण्डौं । बलात्कारको आरोपमा पक्राउ परेका युट्युबर अर्जुज शिबाकोटी जेल गएका छन् । जिल्ला अदालत काठमाडौँका आदेशका आधारमा उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
महानगरीय अपराध महाशाखाले असार १५ मा शिवाकोटीलाई पक्रेर अनुसन्धान गरेको थियो । ३८ वर्षीय शिवाकोटीलाई काठमाडौँका दुई किशोरीलाई बलात्कार गरेका थिए । शिवाकोटी ‘मेकिङ नेपाल’ युट्यब च्यानलका सञ्चालक हुन् । शिवाकोटीले १४ वर्षीया र १२ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।
०७६ असोजदेखि १४ वर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । पछि, १२ बर्षीयालाई समेत बलात्कार गर्न थाले । बलात्कृत किशोरीका आमा, बुबासँगै अर्जुन चार बर्षदेखि एउटै घरमा बस्थे ।
पीडित किशोरीको आमासँगै व्यवसाय समेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सम्बन्धको फाईदा उठाएर बलात्कार गर्न थालेका थिए ।