पर्सा १३ साउन । बीरगञ्ज कोरोनाको हटस्पट बन्दै गएको छ । दिनहुँ संक्रमित थपिने क्रम जारी छ । आज मात्रै बिरगंजमा थप १५ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। नारायणी अस्पतालको पिसीआर ल्याबमा विभिन्न व्यक्तिहरुको स्वाब परिक्षण गर्दा १५ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १ जना थुनुवा, ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित पुष्टि हुनेमा १ जना उमी नगरपालिका इलाम जिल्लाका रहेका छन् भने १ जना जिल्ला प्रहरी कार्यलय पर्साको थुनुवामा रहेका छन् । त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका २ जना वडा नम्बर ४ का २ जना वडा नम्बर ७ का २ जना वडा नम्बर १३ का २ जना वडा नम्बर २३ का १ जना रहेका छन् ।
बारा जिल्ला कलैया वडा नम्बर ५ का ४१ वर्षका एक पुरूष र कारखानामा कार्यरत तीन कर्मचारी रहेको डाक्टर सिंहले जानकारी दिए । संक्रमितहरू ४५ वर्षका महिला र बाँकी २३ देखिवर्षका पुरुषदेखि ५६ वर्षका छन्।कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत कर्मचारी रहेको डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
संक्रमितहरुलाई हाल नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्ड ६१ जना संक्रमितहरुले भरिएका कारण ४२ जनालाई घरमै राखिएको छ ।
सोमबार राति १५ जना संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा २ सय ७२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए । साउन ७ देखि ११ गते सम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गरिएको थियो।